वृद्ध आश्रमकी हजुरआमा

अनुस्का घिमिरे
सेण्टमेरिज स्कुल, जावलाखेल, ललितपुर ।

बिहानको करिब ७ बजेको थियो । आमाको तिखो स्वरले म झसंङ्ग ब्युझिए“ । आज म विद्यालय जान उत्साहित छु । हामीलाई विद्यालयले शैक्षिक भमण लाने निधो गरेको छ । हतार हतार स्कलको लुगा लगाएर म खाना खान बसे“ । अचम्म लाग्छ, अरुबेला विद्यालय जान कस्तो नरमाइलो लाग्थ्यो । आज चाँहि किन यो मन तुलबुल तुलबुल भएको होला ! यसले यो ंबुजाउँछ कि मलाई पढाई प्रति अलिकति पनि रुचि छैन । हामीले किन पढ्नु पर्ने होला ? के यो संसारमा पढेर मात्रै बाँच्न सकिन्छ त ? विहानदेखि रातीसम्म पढ् पढ् भन्ने बाहेक त अरु केहि सुनिन्दैन । पढ्न जतिको अल्छी मलाई केहि लाग्दैन ।
“के टोलाएर बसेकी ? यस्तो गहिरिएर के सोचेकी” ? आमाले सोध्नुभयो ।
“केहि होइन आमा” मैले सानो स्वरमा भनेँ ।
“छिटो खाना खा, अहिले बस छुट्ला” आमा कराउनु भयो ।
मैले लामो सांस तान्दै भने “हवस आमा” ।

विहान ८.३० मा म विद्यालय पुगेँ । हामीलाई विद्यालयले बुढाबुढीले खप्दै आएका समस्या देखाउन अनि उनीहरुको अनुभव र ज्ञानगुनका कुरा सिकाउन भनेर बृद्धाआश्रम लाने निधो गरेको रहेछ । हामी विहान ९.४० बजे वृद्धाआश्रम पुग्यौं । त्यस वृद्धाआश्रमको नाम चाँही भुसुक्कै बिर्से । हामी वृद्धाआश्रम भित्र प्रवेश गर्यौ । हामी सबै जनालाई दुई दुई जनामा विभाजन गरियो । म संग मेरी साथी सुरभी थिईन । हामी वृद्धाआश्रम घुम्दै घुम्दै धेरै कुराहरु अवलोकन ग¥र्यौ । हामीले निकै तस्विरहरु पनि खिच्यौँ । हामीलाई निकै रमाईलो भईरहेको थियो । तस्विर खिँचेको ठाउँमा एउटा सानो कोठा थियो । त्यस कोठा भित्र एउटी बुढी हजुरआमा हुनुहुन्थ्यो ।

हजुरआमाको उमेर झण्डै सय वर्ष जति रहेछ । उहाँ निकै थकित र निराश देखिनुहुन्थ्यो । मैले र सुरभीले वहाँलाई निकै बेरसम्म हे¥र्यौ । वहाँको हातमा एउटा फोटो थियो । वहाँ घोप्टो परेर त्यस फोटोलाई हेरिरहनुभएको थियो ।

मैले अलिकति हिम्मत बढाएर भने“, “हजुरआमा” ।

वहाँ झसङ्ग हुनुभयो र हामीलाई गहिरिएर हेर्नुभयो । “को हौ नानी, तिमीहरु ? मैले त चिनिन नी ?” वहाँले अलि आत्तिएझै गरेर सोध्नुभयो ।

मैले केहि भन्न नपाई सुरभीले भनिन् “हामीलाई सेन्टमेरीज स्कुलबाट ल्याईएको हो, तपाईहरुको जीवन पढाउन” ।

अब मेरो पालो आयो, मैले हजुरआमालाई कर गरे“, “हजुरले आफ्नो जीवनका बारेमा केहि भनिस्यो न” । म संगसंगै सुरभीले पनि आग्रह गरिन् र मैले सहमती जनाए ।
हजुरआमाबाट कुनै प्रतिउत्तर आएन । मैले फेरि सोधे“ “हजुरले आफ्नो जीवनको बारेमा केहि भन्नुभयो भने हामीले पनि केहि सिक्ने थियौ” ।
“मेरो जीवनका बारेमा थाहा पाएर के गर्छौ र ? के पत्रिकामा छाप्छौ ?” वहाँले लामो सुस्केरा हाल्दै सोध्नुभयो ।

“हैन, हजुरको बारेमा थाहा पाउन मन छ हामीलाई । सु्रभीले भनिन् ।
“प्लीज भनिस्यो न, हजृुरआमा” मैले लामो अनुग्रह गरे ।
हामी कोठा भित्र पस्यौँ र हजुरआमाको छेउमा बस्यौ“ । हजुरआमा भनिस्यो न प्लिज भन्दै हामीले धेरै विन्ती गयौँ । तर उहाँले मान्नु भएन ।
“हजुरआमा, त्यो कस्को फोटो हो ?” सुरभीले हजुरआमाको हातमा भएको फोटोलाई ईशारा गर्दै सोधिन । यो कुरा त भन्नुन हजुरआमा, मैँले भने ।
हजुरआमा एकछिन टोलाउनु भयो र भन्नुभयो “मेरो छोरा हो ।”

“अनि कहा“ हुनुहुन्छ त हजुरको छोरा ?” मैँले सोधे । उहाँको आ“खाबाट दुई थोपा आँसु खस्यो । सुरभी र मैँले एक अर्काेलाई हे¥यौँ र एकै स्वरमा सोध्यौँ, “के भयो हजुरआमा ?, किन रुनु भएको ?” उहाँ केही बोल्नुभएन । “हजुरको मनमा ठुलो कुरा छ । भन्नुस न । हो हजुरआमा, भन्यो भने मन हलुका हुन्छ । सुरभी र मैँले आग्रह ग¥यौँ । हुन्छ, म मेरो बारेमा भन्छु, तर यस कुरालाई तिमीहरुले आफ्नो जीवनमा पनि लागु गर्नुपर्छ नी । उहा“ले हामीलाई हेर्दै सोध्नुभयो । हामीले टाउको हल्लाउँदै “हवस” भन्यौँ । उहा“ले आफ्नो जीवनको कथा भन्न यसरी सुरु गर्नुभयो ।
सितपुर गाँउ निकै ठुलो थियो । त्यस गाउँमा निकै मानिसहरुको बसोबास थियो । हाम्रो सानो परिवार थियो । मेरो दाजु म भन्दा ३–४ वर्ष जेठो हुनुहुन्थ्यो । मेरो आमा बुवा पहिला कमारा कमारी हुनुहुन्थ्यो । म जन्मिएपछि मेरी आमाले काम गर्न सक्नुभएन । म जन्मिएको केही वर्ष पछि म बुवाआमा सँगै खेतमा काम गर्न थाले । म त्यति बेला १० वर्षकी मात्र थिए । एकदिन म बाहिर बसेर आकासलाई नियालिरहेकी थिए ।

“लौ न, तँ अहिले सम्म गोठ गएकी छैनस ?” आमाको स्वरले म झंसङ्ग भए । “के टोलाएकी ? छिटो जा ।” आमाले हर्कार्दै भन्नुभयो । “कति कराउनु भएको, गईहाल्छु नी” मैले भने । “हेर…..बोलेकी ! खाली मुख मात्रै चलाउन जानेकी छे, काम गर्नु छैन । न खेतको काम गर्न जानेकी छे, न खाना पकाउन जानेकी छे , तेरो यस्तो पाराले त केही घर गरेर खाँदैनेस । भोली विवाह गरेर गए पछि के गर्छेस ?” आमाले रिसाउ“दै भन्नु भयो । आमाको त्यस्तो कुरा सुने पछि म केहि नबोली गोबर सोर्न थाले । घाम चर्को लागेको थियो । काम गरिसके पछि म सधैँ अक्षरहरु लेख्ने अभ्यास गर्थे । एउटा लटठ्ीले बालुवामा अक्षरहरु लेख्थेँ । त्यस दिन पनि मैँले अभ्यास गरेँ । त्यति गरिसकेर म घर गएँ । “कति ढिलो गरेकी ! त्यति गोबर सोर्न यतिका समय लाग्छ ?” बुवाले कराउनुभयो । हात सात धोएर म खाना खान बसेँ । खाना खाँदा मेरा लुगा तिर छिटा लागेछन् । कोठाभित्र पस्दै गर्दा बुवाले भन्नुभो “हेर न यसले खाना खाएको ताल । लुगा भरि लगाएको, हे ईश्वर यस्तीलाई कसले विवाह गर्छ ? केही काम गर्नु छैन ! भातनै खान नजान्नेले कसरी भात पकाउँछे ?” यति भन्दै बुवा अम्खोरामा भएको पानी लिएर बाहिर हात चुठ्न जानुभयो । दिउँसो म घरभित्रै एक्लै बसेकी थिएँ । अचानक एक वृद्ध मान्छेको घर भित्र प्रवेश भयो । बुवाले कराउनु भयो, “ए स्यामे, छिटो बाहिर आईज त, तलाई पढाउने गुरु आउनु भयो ।” दाजुलाई चाँहि पठाउँथे, मलाई भने घरको काम मात्रै लगाउँथे । भोली पनि म सधै झै काम गरिसकेपछि अक्षर कोर्दै थिए । बुवाले मलाई देख्नुभएछ । पछाडिबाट ढाडमा हातले ड्याम्म पिट्नुभयो “तँ घर नगएर अक्षर लेख्दै किन बसेकी हँ ? घरको काम गर्ने उमेरमा पढेर के गर्छेस ? तँलाई अलिकति पनि लाज लाग्दैन है !” त्यति भनेर बुवाले मेरो कान तानेर घर लानु भयो । घर पुगे पछि बुवाले मलाई भँुईमा पछारी दिनुभयो, “ए हिरा, यहाँ हेर त तेरी छोरीको ताल ! काम नगरेर खुब पढ्दै बसेकी थिई ।” आमा कुद्दै आउनुभयो र भन्नुभयो “हैन शान्ती, मैँले तँलाई यी जुठा भाँडा माज्नु भनेकी हैन ? किन न माजेकी ?” आमाले मेरो हात समातेर भाँडा माज्ने ठाँउ तिर तान्दै लानु भयो, “यी भाँडा नमाजे सम्म म तँलाई खानै दिन्न बुझिस !” आमाको नमिठो वचनले मेरो मनमा गहिरो चोट प¥यो । राती सुत्ने बेला अलि हिम्मत बढाएर आमासँग कुरा गर्न गए । आमा काम गर्दै हुनुहुन्थ्यो । मलाई भित्र पसेको देखेर आमाले सोध्नुभयो “के भयो, यहाँ किन आएकी”? म आमाको छेउमा गएर भने “आमा, मलाई पनि पढने रहर छ, दाजुलाई जस्तै मलाई पनि पढाइदिनु न ।” यति नभन्दै आमाले मलाई भन्नुभयो “के बोलेकी हँ ? पढेर के गर्छेस ? छोरी मान्छेले पढेर के गर्ने ? घरको काम गरेर खाने हो छोरी मान्छेले, अब देखी यस्ता कुराहरु न गर है मेरो अगाडी, बुवाले सुन्नुभयो भने मार्नु हुन्छ, छिटो सुत्न जा ।” आमाको यस्तो कुरा सुनेर मेरो आँखा भरि आँसु आयो । म रात भरि सुत्न पनि सकिन । यस्तो जिन्दगी पनि के बाँच्नु ? बरु मर्न पाए पनि हुन्थ्यो, म कति अभागी रहेछु । यस्ता कुराहरु खेलाउँदै म भुसुक्क निदाए । सधैँ काम गर्न बिहानै उठ्नु पर्थ्र्यो । गोठ गयो, गोबर सोर्यो, भाँडा मस्कायो, दाजुलाई गुरुले पढाएको हेरिरह्यो, २ वर्ष यसरी नै बित्यो । दाजुलाई केहि सिकाइदिन अनुरोध गर्थे, तर दाजुले बेस्सरी हर्कादैँ भन्थ्यो, “तँ खुरुखुरु काम गर, खुब पढनु पर्या छ तँलाई, उता जा !” दाजुको यस्तो शब्दले साह्रै दुःख लाग्थ्यो । म रुँदै बस्थेँ । आमाबुवा मलाई सधै घरको काममा मात्रै जोड गर्नुहुन्थ्यो । मलाई पढ्न कति रहर थियो, आमाबुवाले कहिल्यै बुझ्नु भएन ।

कथा भन्दा भन्दै हजुरआमा स्याँ स्याँ गर्न थाल्नुभयो । मैले सुरभीलाई हजुरआमालाई पानी ल्याइदिन आग्रह गरे । हजुरआमाले, पानी एकै सांसमा पिउनुभयो । वहाँ एकछिन टवाल्ल पर्नुभयो । “त्यस पछि के भयो हजुरआमा ?” सुरभीले उत्सुक्ताका साथ सोधिन । हजुरआमाले त्यस आधा कथाको शुरुवात यसरी गर्नुभयो ।

केहि वर्ष अघि आमाबुवाले मेरो विवाह गर्ने निधो गर्नु भो । म विहे नगर्न चाहन्थे । आमाले भन्नुभएको थियो, केटा पढेलेखेको थियो रे । तर उ बिरामी भई रहन्थ्यो रे । सानामा उसको नाकको डाँंडी भाँचिएको थियो रे । उसलाई बेला बेलामा रुघाखोकी, ज्वरो, पेट दुखाई हुन्थ्यो रे । र सानामा त डेन्गुले पनि छोएको थियो रे । त्यति बेला गाउँमा राम्रो उपचार थिएन । सानातिना रोगले मान्छे मरिहाल्थे । त्यसैले त्यो केटासंग मलाई विवाह गर्न डर लागेको थियो । आमाबुवालाई पनि भने, तर उहाँहरुले गाली गर्दै भन्नुहुन्थ्यो “केटा धेरै पढेलेखेको छ । त्यस्तो केटाले तँ जस्तासंग विहे गर्नु भनेको भाग्यको कुरा हो ।”

सबैलाई ऊ पढेको छ भन्ने मात्र ध्यान थियो, ऊ कति रोगी छ भन्ने तिर आमाबुवाको कहिल्यै ध्यान गएन । म १५ वर्षकी बालिकाले संसार राम्ररी देखेकी पनि थिईन । सुःख के हो ? खुशी के हो ? मैले कहिल्यै महसुस गरेकी थिईन । एकदिन हामी सबै जना खाना खान बस्यौ । खाना खाँदा मेरा कपडामा फेरि भात पोखियो, सहि काम गरेको कहिल्यै नदेख्ने र गल्ती गरेको चाँहि बुवाले एकै छिनमा पकडी हाल्नुहुन्थ्यो । भात खसेको देखेर बुवाले भन्नुभो, “हेर ! यसलाई, यत्रि ठुली भईसक्दा पनि भात खान आउँदैन, भोली लोग्नेले यस्तो देख्यो भने त तँलाई सधैँका लागी घरबाट निकालिदिन्छ । यस्ती कामचोरलाई कसरी घरमा राख्नु, केहि गर्न जानेकी छैन । कहिले बिहे गरेर पठाइदिऊ जस्तो भएको छ मलाई त !” बुवाको यस्तो नमिठा शब्दहरुले मेरो मुटुमै सियो रोपिए जस्तो भयो र मेरा आँखा भरि आँसु आयो । यस रात मैँले आमाको बगलीबाट सुटुक्क केहि पैसा र गहना झिके । त्यस्तो दुःख, त्रास र धम्की सहेर बस्ने हिम्मत अब म मा थिएन । आफ्नो झोलामा लुगा फाटा सबै थोक हाले । बिहानको ४ बजेको थियो । मैँले घरबाट निस्किने निधो गरे । निस्कनु अघि म आमाबुवाको कोठा भित्र पसे । त्यस दिन मैँले मेरो आमाबुवालाई अन्तिम पटक हेरे । दुवैजना मस्त निदाउनु भएको थियो । मैँले आमाबुवाको अगाडि हात जोडे र मनमनै भने “मलाई माफ गरिदिनुस बुवाआमा, तपाईले मलाई जन्माउनु भयो, हुर्काउनुभयो, तर तपाईहरुलाई मैँले केहि गर्न सकिन । आखिरमा म डराएर यसरी भाग्दै छु । मलाइ माफ गरिदिनु होला ।” मेरा आँखा भरि आँसु आयो । मैँले चाहेर पनि केहि गर्न सकिन । आखिर घर छोड्नु मेरो बाध्यता थियो । मैँले फेरि बुवाआमालाई अन्तिम पटक हेरे र घरबाट निस्किए । हिड्दै हिड्दै म अर्को गाउँ आइपुगे । विहान करिब ९ बज्न लागेको थियो । मैँले केहि पनि खाएकी थिईन । भोक र तिर्खाले मलाई साह्रै सतायो । चर्काे घाम पनि लागेको थियो । आमाले बनाउनु भएको अलिकति रोटी बोकेकी थिए । दुई टुक्रो रोटी चपाउँदै म अझैँ हिड्दै गए । हिँड्दा हिँड्दै म एउटा ठुलो जङगलमा पुगे । आमाले सानामा जङगलमा बाघ भालु बस्छन् भन्नुहुन्थ्यो । बाघ भालुको घर जङगल हो भनेर भन्नु भएको कुरा दिमागमा झल्झली याद आयो । त्यहि पनि म हिड्दै गए । डर लाग्न थाल्यो । किराहरुको आवाज र चराहरुको स्वर मेरो कानमा गुन्जिरहेको थियो । जङ्गल निकै ठुलो रहेछ । निकै बेर हिँड्दा पनि त्यो जङ्गल सकिएन । हिड्दै गर्दा कसैले मेरो पिछा गरे जस्तो लाग्यो । मेरो पछाडि फर्कने आँट आएन । म हिँड्दै गए, कोहि म संगसंगै पछाडि हिडिरहेको थियो । अति भए पछि पछाडि फर्किंएर हेरे, पछाडि फर्किन साथ म झंसङ्ग भए र भँुईमा लडे र ठिक मेरो अगाडि निकै ठुलो घोर्ले भालु मलाई हेर्दै र¥याल चुहाईरहेको थियो । मेरो मुटुनै फुट्ला जस्तो भयो र म बेस्सरी कुद्न थाले । अरु कुराको वास्ता नगरी म दौडि मात्रै रहे । त्यो भालु पनि मलाई पछ्याईरह्यो । लाग्यो कि म त्यति चाँडो त जीवनमा कहिल्लै दौडिएकी थिईन । म आफनो ज्यानका लागी भागे । भाग्दा भाग्दैँ म जङगलबाट बाहिर आए । पछाडि फर्केर हेर्दा त्यस भालुले मेरो पिछा गर्न छाडि सकेको थियो । हिड्दै जाँदा मैँले एउटा पुरानो घर देखे । त्यस घरमा एकरातका लागि वास माग्ने निधो गरे । मैले ढोका ढक्ढकाए । ढोका खोल्न एकजना बुढो मानिस आउनुभयो । उहाँले ढोका खोल्नसाथ म छक्क परे । उहाँ त मेरो मितबुवा हुनुहँुदो रहेछ । उहाँले मलाई हेर्दै तिखो स्वरमा सोध्नुभयो “शान्ती, एक्लै आएकी ? आमाबुवा खोइ त ?” म केहि बोलिन । हैन भन न नानी, खोइ त तेरो बुवा ?” म मितबुवा सँग साह्रै मिल्थे । उहाँसँग मेरो विश्वास थियो । उहाँसँग मेरो गफफाफ पनि मिल्थ्यो । मितबुवा भए पनि आफनै बुवा सरह स्नेह दिनु हुन्थ्यो । त्यस दिन म केहि नबोलेको देखेर उहाँ छक्क पर्नुभयो । “आईज नानी, भित्र हिँड त आइज”, उहाँले नरम स्वरमा भन्नुभयो । “सधैँ बोलीरहने नानी, आज के भयो, भन त ?” मितबुवाले सोध्नुभयो । “बुवा म साह्रै डरपोक छु । मैले जीवनमा केहि गर्न सकिन । आफनो आमाबुवाको सिर सधैँका लागी झुकाईदिए मैँले ।” मैँले टाउको घोप्टो पार्दै भने । हैन, के घुमाएर कुरा गरेकी हँ ? सिधा भन त, के गरिस तैँले घरमा ?” मितबुवाले उत्सुकता साथ सोध्नुभयो । मैले सानो स्वरमा भने, “मितबुवा, अँ…, म घर छोडेर आए ।” मितबुवा केहि बेर छक्क पर्नु भयो तर केहि बोल्नु भएन । एकछिनमा उहाँले तिखो स्वरमा सोध्नुभयो “हैन, के भन्छे यो ? घर छाडे रे ! किन ? के भयो ?” मैँले मितबुवालाई सबै वेलिविस्तार लाए । उहाँलाई राम्ररी सम्झाए कि मैँले यत्रो ठुलो कदम किन चाले । मितबुवा केहि बेर सोचमा पर्दै भन्नुभयो “हेर नानु, मैँले बुझे, तिमीलाई धेरै गाह्रो भयो, निकै दुःख सह्यौ तिमीले, तर त्यसरी चटक्क आफनो जन्म दिने घर अनि आमाबुवालाई छाडेर आउनु चाहिँ गलत हो ।”

“मितबुवा, मलाई पनि आफनो घर छाडेर आउने कुनै रहर थिएन, तर म बाध्य थिए ।” मैले दुई थोपा आँसु झार्दै भने । मितबुवाले मेरो ढाड सुम्सुम्याउँदै भन्नुभयो “चिन्ता न लेउ नानु, म मेरी छोरीलाई आफुसँग यहि घरमा राख्छु, कसैलाई केहि पनि भन्दिन ।” म निकै खुसी भए र भने “धन्यवाद, मितबुवा हजुरले मलाई बुझ्नु भयो ।” मितबुवाले जवाफ दिनुभयो “नानु, म भोली देखिनै तिमीलाई पढाउने गुरु बोलाइदिन्छु अनि तिमी राम्ररी पढनु ।” मैँले मितबुवालाई जोडसँग अङगालो मार्दै भने “मितबुवा, हजुर मेरो जिवनमा देउता बनेर आउनुभयो, म हजुरको यो गुण आजिवन भुल्ने छैन ।”

“ए नानी, उ त्यो ग्लासको पानी लेउ त ।” हजुरआमाको चर्काै स्वरले म झसङ्ग भए ।
“आमा, म त हजुरको जिवन कथामा हराएछु ।” मईले उत्तर दिए ।
“होर, जाउ, पानी लेउ त ।” हजुरआमाले भन्नुभयो ।
“त्यसपछी, के भयो हजुरआमा ?, भन्नुस न ।” सुरभीले उत्सुक्ताका साथ सोधिन । संगसंगै मैले पनि सोधे “त्यसपछि……..के भयो हजुरआमा ?”

त्यसपछि मेरो जीवनले नयाँ मोड लियो । मलाई पढाउन सधैँ गुरु आउनुहुन्थो । घरको काम सबै मितबुवाले आफैँ गर्नुहुन्थ्यो । मलाई त भान्सामा छिर्न पनि दिनु हुन्न थियो । मलाई मन पर्ने खाजा मकै भटमास सधैँ भुटेर दिनुुहुन्थ्यो । साँझ परे पछि गाउँ घुमाउन लानु हुन्थ्यो । हामी संगै गाई चराउन जान्थ्यौ अनि गाई संगै घाँस लिदै फर्किन्थ्यौँ । सुत्ने बेलामा मितबुवाले मलाई मिठा मिठा कथा सुनाउनु हुन्थ्यो । उठ्नासाथ चिया बनाइदिनु हुन्थ्यो । दिन भरि मिठा मिठा गफ सुनाएर मनोरंजन गराउनु हुन्थ्यो । लाग्यो कि अब मेरो आँखाबाट कहिल्यै आँसु झर्दैन । हराएका खुशीहरु सबै फर्केर आएका थिए । म जीवन आनन्दले जिउन थालेकी थिएँ । यसरी नै समय बित्दै गयो । केहि समय पछि मेरो गुरु स्वास्थ्यका कारणले पढाउन आउन छाढ्नु भयो । म अलि ठुली भए । एकदिन मितबुवाले म संग आएर बिहेको कुरा गर्नुभयो । उहाँले भन्नु भयो, “हेर नानी, केटो साह्रै राम्रो छ, पढेको छ, । जसरी तिमीलाई मैले सानै देखि चिनेको छु, त्यसै गरी हर्कलाई पनि चिनेको छु । साह्रै असल र निश्चल छ हर्क । मात्र तिमीहरुको उमेर ६ वर्षको फरक हो ।” मितबुवाको कुरा मलाई सहि लाग्यो । म ठुली पनि त भईसके । मितबुवाले रोजेको अनि खोजेको मान्छे असल नै होला ! वहाँले मलाई अन्धाकारमा धकेल्न त चाहनुहुन्न नी ! मैले मनमनै सोचें । एकदिन त्यो केटो मलाई मेट्न आयो । बुवाले मलाई उहा“को लागि भनेर चिया पकाउन लाउनु भयो । त्यस केटाले मेरो चियाको प्रसंशा गर्दै भने, “आहा साह्रै मिठो चिया ! अव छिट्टै नै मेरा आमाबुवाले पनि यो चिया चाख्न पाउने हुनुतभयो । मईले मन्द मुस्काराएर भने, “हजुरको प्रशंसाको लागि धन्यवाद, साह्रै मिठो बोली रहेछ हजुरको ।” “नानी तिमीलाई केहि भन्नु छ भने भनिहाल है, नत्र कुरा पक्का गरिदिन्छु,” मितबुवाले सोध्नुभयो । “मलाई केहि भन्नु छैन मितबुवा, उहा“संग म खुशी रहन सक्छु होला, आखिर हजुरले रोजिदिनु भएको केटो” मैले भने । हर्क खुशी भएको मईले महशुस गरे । उ मितबुवासंग सानो सल्लाह गरेर गयो । दिन बित्दै गए । रात बित्दै गए । मेरो विवाह हुन एकदिन अगाडि म मितबुवाको कोठाको ढोका ढक्ढकाए । मितबुवाले ढोका खोल्न साथ सोध्नुभयो, “के भयो नानु ?” मैले न्याउरो स्वरमा भने, “हजुरसंग एउटा सानो कुरा गर्नु थियो ।” “हैन यति राती के कुरा हो नानी ? आइज, आइज भित्र ।” भित्र गएर म मितबुवाको छेउमा बसे“ र भने, “बुवा, हेर्दाहेर्दै मेरो विवाह पनि हुन लाग्यो, कहिल्यै सोचेकी पनि थिइन, मेरो विवाह हुन्छ भनेर । हजुरले अहिलेसम्म जति पनि माया, मोह, साथ र हिम्मत मलाई दिनुभयो, यसका लागि मुरिमुरि धन्यवाद ।” “शान्ती तिमी त मेरी छोरी, अनि छोरीलाई सहयोग गर्नु त मेरो कर्तब्य हो”, मितबुवाले मलाई अङ्गालो मार्दै भन्नुभयो । वहा“ले मलाई केहि बेर आफ्नो अङ्गालोमा बाधिराख्न भन्नुभयो, केहि बेर पछि दुई थोपा आ“सु निकाल्दै सुत्न जान भन्नुभयो । बुवालाई चुम्बन गरेर म सुत्न गए । भोली विवाहको दिन, निद्रा कसरी लाग्थ्यो र ? त्यै पनि जसोतसो म निदाए ।

यति भन्दै हजुरआमा फेरि स्या“ स्या“ गर्न थाल्नुभयो । “के भयो हजुरआमा ?” सुरभीले आत्तिन्दै सोधी । मैले र सुरभीले हजुरआमाको ढाड सुम्सुम्यायौ । हजुरआमालाई पानी र बिस्कुट खुयायौ । वहाँ बिस्कुट चपाउदै पानी पिएर केहि बेर विश्राम लिनुभयो । “भोलिपल्ट विवाह कसरी भयो, हजुरआमा ? मैले उत्सुकताका साथ सोधे“ । वहा“ले बा“कि जीवनकथा फेरि यसरी भन्न शुरु गर्नुभयो ।
मेरो बिहे सामान्य तरिकाले नै भयो । हर्कको घर सार्है राम्रो थियो । तर अचम्म लाग्ने कुरा उ त्यो घरमा एक्लै बस्थ्यो । मास्टरको जागिर थियो । हर्कले मलाई मुस्कुराएर हेर्दै भन्यो, “आजबाट यो घर तिम्रो हो । यो घरलाई सिगार्ने सबै जिम्मेवारी तिम्रो हो ।” मैँले पनि मन्द मुस्कान छदैँ “हवस” भने । भर्खरै विवाह सम्पन्न भएको घरमा केहि पाहुनाहरु आउँथे । वहा“हरुसंग मिठा कुराहरु गरिन्थ्यो । हर्कले पाहुनाहरुसंग मेरो निकै प्रशंसा गर्दथ्यो । मितबुवा पनि अनुकुल मिलाएर भेट्न आउ“दा फलफूल र बदाम ल्याईदिनु हुन्थ्यो । मितबुवासंग केहि बेर रुन्थे पनि म । मितबुवाले मेरो हात समाउदै सम्झाउनु हुन्थ्यो “रुनु हुदैन बा । यति राम्रो घर, श्रीमान् छ तिम्रो । म भेट्न आई राख्नेछु, केहिको कमि हुने छैन तिमीले रुनु हुदैन । जीवनमा बलियो हुन सिक्नुपर्छ ।”

समय बित्दै गयो । हर्कले कहिल्यै पनि मलाई गाली गर्दैन थिए । खानामा नून बढी या कम भयो भने पनि नम्र स्वरमा सम्झाउँथे । म निकै खशी थिए । हर्कले मलाई केहि कुराको पनि कमि हुन दिदैनन् थिए । बजार गएको बेलामा मेरा लागि जहिले पनि केहि न केहि लिएर आउथ“े । म साह्रै भाग्यमानी थिए । केहि वर्ष पछि हाम्रो पहिलो बच्चा भयो, त्यो पनि छोरा । हामीले आफ्नो छोराको नाम मदन राख्यौ । मदन हाम्रो जीवनमा आए पछि त झन् घरमा खुशियाली छायो । मदनका आ“खा हर्क जस्ता र ओंठ चाहि मेरा जस्तै थिए । जति बेला रोई मात्रै रहन्थ्यो मदन । हर्क उसलाई कहिल्यै पनि एक्लै छाढ्दैनन् थिए । हर्क उसलाई सधै आफ्नो काखमा र का“धमा राखेर खेलाई रहन्थे र जोडले भन्थे, “मेरो छोरो म जस्तै मास्टर बन्छ भोली” । सुनेर म खुशी हुन्थे ।

एकदिन मितबुवा आउनभयो । मदन म संगै काखमा थियो । मितबुवा मेरो नाति भन्दै कराउदै कोठामा छिर्नु भयो । मदन पनि हात खुुट्टा हल्लाउ“दै खुशी हुन थाल्यो । मितबुवाले मदनलाई बोक्दै भन्नुभयो, “ए मेरो नाति, मेरो पुन्टे, हेर त मैले तिम्रा लागि नया“ नया“ नाना ल्याईदिएको छु, हेर त” भन्दै मदनलाई चुम्बन दिन थाल्नु भयो । म गएर मितबुवालाई पानी लिएर आए । “शान्ती हर्क खोई त ?” मितबुवाले तिखो स्वरमा सोध्नुभयो । “भित्र हुनुहुन्छ मितबुवा” मईले भने । “बोलाउ न त यसो कुरा गर्नु छ” मितबुवाले भन्नु भयो । हवस भन्दै म हर्कलाई बोलाउन गए । हर्क र मितबुवा बाहिर बसेर एक्लै केहि गफगाफ गर्नु भयो । जाने बेलामा मितबुवाले हर्कलाई कानमा सुटुक्क केहि भनेर जानु भयो । मैले त्यस कुरामा खासै ध्यान दिईन ।

समय बित्दै गयो र मेरो मदन १२ वर्षको भयो । मदन गाउँको पाठशालामा पढ्थ्यो । मदन पढ्न साह्रै मन गर्दथ्यो । हर्क जहिले पनि मेरो छोरोलाई मास्टर बनाउछु भन्थ्यो । एकदिन मितबुवा आएर मलाई नभेटी सुटुक्क हर्कसंग मात्रै केहि कुरा गरेर जानु भयो । मलाई त्यो दिन अचम्म लाग्यो । मितबुवाले त्यस्तो कहिल्यै पनि गर्नु हुन्न थियो । हर्क र मितबुवाको व्यवहार म प्रति अनौठो हुदै गए । त्यसदिनको भोलिपल्ट विहान घाम नझुल्किन्दै पुलिसका एक हुल अचानक हाम्रो घर भित्र छिरे । म डराए । हर्क कोठा भित्र थियो । पुलिस ईन्सिपेक्टर मलाई हेर्दै सोधे, कहाँ छन मास्टर साहेब, बोलाउ । नत्र हामी घरभित्र छिरेर पक्रन्छौ । सुनेर म छक्क परे । आखिर के भयो भन्नुस न ईन्सिपेक्टर साहेब मईले सोधे, “तिमीले सोचेकी छौ होला, तिम्रो दुलाहा मास्टर हुन । यो उसको देखाउने दाँत हो, उ त केटी किनबेच गर्ने दलाल हो । साथै तिम्रो मितबुवा त्यो दलाली व्यवसायका नाईके हुन ।” म छानाबाट खसे जस्तै भए । म केहि बोल्न सकिन । म बेहोश जस्तै भए । भ“ुईमा बसेर रुन थाले । कतिखेर पुलिसहरुले हर्कलाई पक्रेर लगिसकेछन् थाहै पाईन । उनीहरुले मितबुवालाई अघिनै पक्रिसकेका रहेछन् । यो खबरले सिंगो गाउँ नै गनायो । सुन्दा पनि अचम्म लाग्यो मितबुवा केटी किनबेच दलालीका नाईके अनि मेरा पति दलाल । मास्टर पेशामा कंलक । समाजको कंलक । पत्याउनै सकिन । सोचे यो सपना होस । पहिले पहिले यस्ता धेरै सपना देख्थे म । आखिर सपना सपनै हुन्थे तर आज किन यो सपना विपना भईरहेछ ?

मैले आफूलाई सम्हाल्न सकिन । कुनै पराय केटाले त मलाई धोका दियो तर मितबुवाले मेरो आ“खामा आ“सु ल्याउनुहुन्छ भनेर मैले कल्पना पनि गरेकी थिइन् । म त्यहाँ एकछिन पनि बस्न मन लागेन । मदन आँगनमा एक्लै खेलिरहेको थियो । त्यतिबेलै म मदनलाई काखमा लिएर कुम्लोकुटेरो बोकेर घर छाढेर हिँडे । डाँडाकाँडा हुदै पातले जंगलको बाटो शुरु भयो । धुपी सल्लाका जंगल पातला थिए । म एक्लो युवती देखेर दुई जना बदमासहरुले मलाई पिछा गर्न थाले । म स्या“ स्या“ गर्दै भाग्न थाले । मदनलाई कुद्न निकै गाह्रो भएपछि उसलाई बोकेर दौडिन थाले । मनमा डर र त्रास लिएर म अझै भाग्दै भाग्दै गए । दौडिन्दा कति पटक नराम्रो संग चिप्लेर लडे । तर भगवानको कृपाले हामीलाई कुनै गहिरो चोटपटक भने लागेन । भाग्दा भाग्दै हामी पातले जंगलको पुछारमा आईपग्यौ । अब चै सुरक्षित भईएला जस्तो लाग्यो । त्यहा“ ठुलो रुखको स्यालमा बस्यौ“ । मदनलाई तिर्खा लाग्यो । हाम्रो नजिकै खोला बगेको देखियो । म थाकेर भुँईमा लडे । मईले मदनलाई खोलामा गएर पानी खाएर आउ भने । मदन पानी खान खोला गएन । म संगै भुँईमा लड्यो । यो सबै अचानक के भईरहेछ बुझ्नै सकिन । किन भईरहेछ सोच्नै सकिन । सबै कुरा किन अचानक हुदैछ ? जिन्दगीले म संग यस्तो खेल खेल्छ कहिलै सोचेकी थिईन् ।

किन हर्कले विवाह भएको यति वर्ष पछि म संग विश्वासघात ग¥यो ? आखिर मेरो नियतमा के खोट थियो र ? अरु त के कुरा, मितबुवाले चा“हि म संग यस्तो किन गर्नु भयो ? वहा“लाई मैले आफ्नो सर्वश्रेष्ठ ठानेकी थिई । आफ्नै बुवाको दर्जा दिएकी थिए वहाँलाई । यति गर्नु अगाडि उनीहरुले एकपटक मेरो छोराको बारेमा सोच्नुपर्देन ? हे भगवान्, मेरो जिन्दगी किन यस्तो अप्ठयारो ? घरि खुशी, घरि दुःखको खेल किन खेल्यो जिवनले म संग ? म त्यस्तो नराम्रो छु र ? मैले के गल्ती गरे र जिवनमा ? आजका दिन सम्म मैले कसैको कुभलो चाहि“न । तर मलाई किन यत्रो ठुलो सजाय“ ! म घोप्टो परेर क्वा“ क्वा“ गर्दै रुन कराउन थाले । मेरो छोरो आएर मलाई जोडसंग अङ्गाल्दै सोध्यो, “के भयो आमा ? किन रुनु भएको ? हामी घरबाट त्यसरी भागेर किन यहा“ आएको ?” मैले मदनको टाउको मुसार्दै भने, “अब हामी घर कहिलै नजाने बाबु” ।
हाम्रो स्कुलको गुरुआमा हल्ला गर्दै आउनु भयो, “क्लास १० को विधार्थीहरु सबै जना लाईन लाग त, घर जाने बेला भयो”, यो सुनेर म र सुरभी आत्तिन थाल्यौ । “त्यसपछि के भयो हजुरआमा छिटो भन्नुस न ।” सुरभीले ठुलो स्वरमा भनिन् । “भयो नानू, जाओ तिमीहरुलाई ढिलो हुन्छ, अर्को दिन सुनाउ“ला” हजुरआमाले भन्नु भयो । “हया्……हजुरआमा तपाईको र हाम्रो भेट त हुदैन होला अब । छिटो छिटो छोटकरीमा भन्नु न । प्लीज हजुरआमा बिन्ती छ ।”

मैले र सुरभीले निकै कर गरे पछि हजुरआमाले कथा फेरि छोटकरीमा यसरी भन्नु भयो ।
जेनतेन गरेर केहि दिन लगाएर म र मदन काठमाण्डौ आईपुग्यौ । काठमाण्डौ आएर पनि बस्ने सुत्ने ठेगान मिलाउन साह्रै गाह्रो भयो । केहि रात त पशुपतीमा काटियो । एउटा कचौरा लिएर बसिन्थ्यो । केहि दिन पछि मैले घर घरमा भा“डा माज्ने काम पाए । काम गर्न थाले पछि अलिक पैसा आयो । त्यसले सानो डेरामा बस्न थाल्यौ । त्यस डेरामा एउटा मात्रै कोठा थियो । विहान ८ बजे नै काम गर्न जान्थे र बेलुकीपख घर आउथँे । मदनलाई कोठाभित्रै छाडी ढोका बाहिर बाटै चुक्कुल लगाउ“थे । केहि वर्ष यसरी नै बितेपछि सानो होटलमा यहि काम पाए । होटलले अलि धेरै पैसा दिन थाल्यो । आफुले चाहेर पनि पढ्न नपाएकाले मदनलार्ई चाहि“ जेनतेन गरेर पढाउने अठोट गरेकी थिएँ । उसलाई नजिकै सरकारी विधालयमा भर्ना गरिदिए । मदन त्यहि विधालयमा राम्री पढ्न थाल्यो ।

“छिटो भन्नुस न, हजृरआमा”, सुरभीले हर्कार्दै भनिन । “न आत्तियौ न तिमीहरु, अब सकिहाले नी ।” हजुरआमा भन्न थाल्नु भयो । हेर्दा हेर्दै मदन २१ वर्षको भयो । मेरो छोरो मदन सार्है विद्धान थियो । उसको पढाई राम्रो थियो । स्कुलदेखि क्याम्पससम्म सधै पहिला हुन्थ्यो । शायद राम्रो पढाई भएकै कारण एकदिन उ छात्रवृत्तिमा विदेश गयो । विदेश गएर पनि उसले मलाई कहिलै भुलेन । उसले मलाई सधै झै फोन गरिरहन्थ्यो । उसले आफ्नो काम गर्ने, बस्ने ठाउको निकै प्रशंसा गर्दथ्यो । आमालाई म यहा“बाट राम्ररो घडी पठाइदिन्छु है भन्थ्यो । मेरो दिनचर्या र हरेक कुराको खोजखबर राख्थ्यो । तर समय सधै एकै नास कहाँ बग्दो रहेछ र ? मदनले केहि समय पछि फोन गर्नै छाड्यो । जहिले पनि फोन लगाउँथे तर उसले कहिलै फोन उठाएन । उसले आफैले पनि कहिलै फोन गरेन । म त पिरले मरिएला झै भएकी थिए ।
लगभग ५ महिना पछि अचानक मदनको फोन आयो । कालिन्दै किन फोन नगरेको भनेर सोधे । मदनले न्याउँरो स्वरमा भन्यो “आमा मैले अफिसमा काम गर्ने केटि संग बिहे गरे नी” । “हैन, के भन्छ यो ? बिहे गरेँ रे ? को स“ग रे ?” मैले आत्तिन्दै सोधेँ । “मलाई माफ गरिदिनुस आमा, म अब नेपाल आउन र हजुरलाई पैसा पठ।उन सक्दिन । मेरी श्रीमतीका लागी र पछि हुने बालबच्चाका लागी मईले बचत गर्नुपर्छ । यो अर्काको देश हो, यहाँ पैसा कमाउन निकै गाह्रो छ । मेरो कुरा बुझिदिनुहोस आमा ।” यति भन्दा भन्दै मदनको फोन काटियो । सुनेपछि मेरो त मुटुमै भाला रोपिए झै भयो । एकछिन त अक्क न बक्क परे । फेरी मदनलाई फोन गरे तर फोन उठेन । म आफ्नो छेउमा भएको सबै सामान फ्याक्दै रुन थालेँ । अरुले त मलाई दुःख दिए दिए, मेरो आफ्नै रगतले पनि मेरो जीवनमा अध्यारो ल्याउँछ, सोचेकै थिईन । त्यो दिन मलाई पटक्कै निद्रा लागेन । म रातभरि रोएँ । केहि दिन बित्यो । यत्तिका दिन बिते पनि मदनको कुनै फोन आएन । म कयैन दिन भोकभोकै बसे । भोक पनि लागेन । लाग्थ्यो पनि कसरी ? आफ्नै सन्तानले मलाई यो मोडमा ल्याएर उभ्याईदिएको थियो । लाग्थ्यो कि अब उ विदेशबाट कहिल्लै आउँदैन । म र मेरो छोराको साथ र समय यति नै रहेछ जस्तो लाग्यो । म वृद्ध हुदै गए । एक्लो जीवन जिउँदा जिउँदै म साह्रै बुढो भईसकेकी थिए । मईले वृद्ध आश्रममा शरण पाए । म वृद्ध आश्रममा बस्दै आएको छु । वृद्ध आश्रमलाई नै आफ्नो सन्तान मानेकी छु । यत्रो वर्ष कटी सक्यो, आफ्ना जति कसैसंग केहि सम्पर्क छैन । यहि आश्रममा आफूलाई भुलाउन र रमाइलो गर्न खोज्छु । यो आश्रम र यहाँका मानिसहरु नै मेरा दिन दुनियाँ मानेकी छु । छोरा मदनको साह्रै याद आउँछ । मदनको याद आयो भने उसको तस्विर नियालेर हेर्छु र दुई थोपा खसाउँछु, अनि मन हलुंङ्गो हुन्छ । आमा बुवाको पनि सादा र हँसिलो अनुहार सम्झिन्दा मन बेस्कन पोल्छ । के गर्नु मेरो भाग्यमा यहि लेखेको रहेछ ।
सुरभी र मेरो आँखा भरि आँसु आयो । हामीलाई हजुरआमाको यो अवस्था देखेर निकै दुःख लाग्यो । तर आज हजुरआमा रुनु भएको थिएन । बरु हामी रोईरहेका थियौ । हामीले हजुरआमाले हामीलाई अंगालो मार्दै आफ्नो औलाले हाम्रो आँसु पुछिदिनु भयो । हजुरआमा मुसुक्क हाँस्नुभयो र हाम्रो टाउको मुसार्दै भन्नुभयो “मैले जिवनमा धेरै दुःख पाए । कहिल्लै राम्ररी हाँस्न सकिन । बाल्यकालमै आमा बुवा संग बिछोडिनु पर्योै । पढ्ने रहर साह्रै हुँदा हँुदै पनि पढन पाईएन । तर नानु, तिमीहरुको जीवनमा केहि कुराको अभाव छैन । तिम्रो आमाबुवाले तिमीहरुलाई सबै कुरा पुराईदिनु भएको छ । जे भन्यो त्यहि खान, लगाउन पाएका छौ । र पनि तिमीहरु मेरो जिन्दगी यस्तो उस्तो किन भन्छौ, भन त ? यति राम्रो विधालयमा पढन पाएका छौ । म भएकी थिए भने कति खुशी भएर पढ्थे होला । त्यसैले आफुसंग जीवनमा जे छ त्यस्को कदर गर्न सिक । जीवनको महत्व बुझ र मेहनत गर्न सिक नानीहरु” ।

हजुरआमाको यी भनाईले मेरो आँखै खोलिदियो । हामीले हजुरआमालाई फेरी अङ्गालोमा हाल्यौ र उहाँसंग बिदा भयौ । म पाठशालाबाट घर आएँ । घर आएपछी मैले वरिपरीको वातावरणनै भिन्न देख्न थाले । म संग सबै कुरा छ, त्यहि पनि म मेरो जिन्दगीलाई हेला गर्थे ? म संग मलाई यति धेरै माया गर्ने आमा बुवा हुनुहुन्छ । मैले जे भन्यो त्यही पुर्याईदिनु हुन्छ । यति राम्रो विधालयमा पढ्न पाएकी छु, त्यही पनि म किन पढ्न आनाकानी गर्दैछु ? यि सबै विचारहरु मेरो दिमागमा फन्फनी घुम्न थाल्यो । मैले आजैबाट आफुलाई र संसारलाई हेर्ने दृष्टिकोण बदल्ने निर्णय गरे । मन लगाएर पढने निर्णय गरे । राती आमाले खाना खान बोलाउनृ भयो । तर म भित्र बसेर पढिरहेँ । आमाबुवा मलाई हेर्न भित्र आउनुभयो र सोध्नुभयो के भयो “बुनु, आज किन यति लामो पढेकी ?” म आज देखि सधै लामो पढछु । म धेरै आनाकानी गर्थे, पढाईलाई लिएर, खानेकुरालाई लिएर, लुगालाई लिएर, तर आजबाट मबाट त्यस्तो केहि हुदैन” मैले भने । हो बल्ल मेरी छोरीले कुरो बुझिछे ।” आमाले भन्नुभयो । हो आमा, मैले जीवनको महत्व बुझेँ । म सधै यसरी नै मेहनत गरेर हजुरहरुलाई गौरवशाली महशुस गराउने छु”, मैले हँसिलो अनुहार पार्दै आमाबुवालाई भने । आमाबुवाले मलाई जोडसंग अङ्गालो हाल्नु भयो । म केहि बेर उहाँहरुको अङ्गालोमा बसिरहँे । आमाबुवाको अङ्गालोमा बस्दा किन यस्तो लागिरहेको थियो म हजुरआमाको अङ्गालोमा बाँधिएकी छु । मेरी प्यारी हजुरआमा म फेरि छिट्टै भेट्न आउछु है………..।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *