कागेश्वरी मनोहरा नगरपालिकाद्धारा अपांगता भएका व्यक्तिहरुलाई आर्थिक सहयोग

२२ अशोज २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाले नगरपालिकाभित्र अपांगता भएका व्यक्तिहरुलाई आर्थिक सहयोग गरेको छ ।
नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाले आज आयोजना गरेको अपांगता भएका ग र घ बर्गका व्यक्तिहरुलाई सामाजिक सुरक्षा स्वरुप आर्थिक सहयोग तथा शुभकामना आदान प्रदान कार्यक्रममा नगर प्रमुख कृष्णहरि थापाले नगरपालिकाभित्र अपांगता भएका व्यक्तिहरुलाई आर्थिक सहयोग प्रदान गर्नुभएको थियो । नगर प्रमुख थापाले सो कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख थापाले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुलाई नगरपालिकाले प्राथमिकता दिएको बताउदै अपांगता भएका व्यक्तिहरुलाई नगरपालिकाले आवश्यक सहयोग गरेको बताउनुभएको थियो ।
कार्यक्रममा उपप्रमुख बिन्दु पुडासैनी सिम्खडाले नगरपालिकाले अपांगता भएका व्यक्तिहरुको संरक्षण लगायत लक्षित बर्गका कार्यक्रमहरुको कार्यान्वयनमा विशेष ध्यान दिएको बताउनुभएको थियो ।
कार्यक्रममा नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाका प्रमुख अनिता तामाङ र स्वास्थ्य शाखा प्रमुख कुमार सिंह डाँगीले कार्यक्रमका सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका वडा अध्यक्षहरु कुन्दन खड्का, प्रकाश फुयाँल र भाइकाजी तिवारी लगायत वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु, कर्मचारीहरु र अपांगता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
नगर प्रमुख कृष्णहरि थापाको प्रमुख आतिथ्यता र उपप्रमुख बिन्दु पुडासैनी सिम्खडाको अध्यक्षतामा सो कर्यक्रम सम्पन्न भएको थियो ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *