कागेश्वरी बचत तथा ऋण सहकारीको नगर प्रमुख थापाद्धारा उद्घाटन

२२ अशोज २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले आज वडा नं.८ स्थित शिव चोकमा स्थापना गरिएको कागेश्वरी बचत तथा ऋण सहकारी संस्थाको उद्घाटन गर्नुभएको छ ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै नगर प्रमुख थापाले नगरपालिकाभित्र भएका सम्पूर्ण सहकारीहरुलाई व्यवस्थित बनाउन आफूले पहल गरिरहेको बताउदै स्थानीय समूदायको हक, हित र आर्थिक विकासको क्षेत्रमा सहकारीले कार्य गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा सहकारीका अध्यक्ष राम सुन्दर श्रेष्ठले सहकारीलाई व्यवस्थित बनाएर र शेयरधनी सदस्यहरुको हितका लागि कार्य गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा सहकारीका पदाधिकारीहरु, सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *