लक्ष्मीनारायण सहकारी भवन निर्माण गर्दै, अध्यक्ष थापाद्धारा शिलान्यास

२८ साउन २०७९ ।
काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा नं.६ मुलपानीमा रहेको लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नै भवन निर्माण गर्ने भएको छ ।
सहकारीको भवन निर्माणको आज सहकारी संस्थाका अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता शंकर थापाले शिलान्यास गर्नुभयो ।
सो अवसरमा अध्यक्ष थापाले मुलुकको आर्थिक विकासर रोजगारी सिर्जनामा सहकारी क्षेत्रले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउदै लक्ष्मीनारायण सहकारी संस्थालाई नमूना र व्यवस्थित बनाउन आफू अहोरात्र लागिपरेको बताउनुभएको थियो ।
सहकारीको आफ्नै भवन निर्माण पछी संस्थाका कामहरुलाई सरल, सहज र प्रभावकारी बनाउन अझ बढि सहयोय पुग्ने अध्यक्ष थापाको भनाई छ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं.६ मा करिब ५ आना जग्गामा निर्माण गर्न लागिएको सो भवन सुबिधा सम्पन्न हुने अध्यक्ष थापाले बताउनुभएको छ ।
कार्यक्रमका सहकारीका पदाधिकारी तथा सदस्यहरु लगायत वडा नं. ६ र ७ का समाजसेवीहरु लगायत स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।

आगामी १ बर्ष भित्रमा सहकारीको भवन निर्माण कार्य सम्पन्न गरिने सहकारीका अध्यक्ष समेत रहनुभएका कांग्रेस युवा नेता शंकर थापाले जानकारी दिनुभएको छ ।