पत्रकार रेग्मी दम्पतीद्धारा छोराको जन्म दिनको अवसरमा बालगृहका बालबालिकाहरुलाई सहयोग

२६ अशोज २०७८ ।
पत्रकार शिव रेग्मी दम्पतीका छोरा आशुतोष रेग्मीले कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ मा रहेको सिर्जनशिल बाल सेवा परिवारका बालबालिकाहरुसंग जन्मदिन मनाएका छन् ।
रेग्मी आशुतोष आज १० बर्ष पुरा भई ११औं बर्षमा प्रवेश गरेका छन् ।
रेग्मीले जन्मदिनको अवसरमा हरेक बर्ष विविध सामाजिक कार्यक्रमहरु गर्दै आएका छन् ।
रेग्मीले आज सिर्जनशिल बाल सेवा परिवारका बालबालिकाहरुसंग जन्मदिन मनाएका छन् ।
जन्म दिनको अवसरमा रेग्मीले सिर्जनशिल बाल सेवा परिवारका बालबालिकाहरुलाई खाजा खुवाउनुको साथै खाद्यान्न सामाग्री सहयोग गर्नुभएको थियो ।सो अवसरमा समाजसेवी रामेश्वर दाहालले बालगृहका बालबालिकाहरुको लागि केही रकम पनि प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा समाजसेवी रामेश्वर दाहालले बालगृहका बालबालिकाको लागि आवश्यक सहयोगग गर्ने बताउदै बालगृह सञ्चालनका लागी घरभाडा लगायत आवश्यक अन्य सहयोग पनी गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
कार्यक्रममा नेकपा एकीकृत (समाजवादी) का काठमाडौं जिल्ला कमिटी सदस्य ध्रुवराज नेपाल, समाजसेवी रामेश्वर दाहाल, रेग्मीका माता श्रुति नेपाल रेग्मी, सिर्जनशिल बाल सेवा परिवारका सञ्चालक उमादेवी बस्नेत लगायत बाल सेवा परिवारमा आश्रय लिएर बसिरहेका बालबालिकाहरुको सहभागिता रहेको थियो ।
बालगृहका बालबालिकाहरुसंग जन्मदिन मनाउन पाउँदा आफूलाई अत्यन्त खुशी लागेको बताउदै रेग्मीले बालबालिकाका समस्याहरु बुझ्न आफूलाई महत्वपूर्ण सहयोग पुगेको बताउनुभएको थियो ।
सो अवसरमा रेग्मीका बुबा पत्रकार रेग्मी र कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ का सचिव समेत रहनुभएका रेग्मीका माता श्रुति नेपाल रेग्मीले आगामी दिनमा पनि बालगृहमा आश्रित बाालबालिकाहरुको लागि आवश्यक सहयोग गर्ने बताउनुभएको थियो ।           

Leave a Reply

Your email address will not be published. Required fields are marked *