राप्रपा नेता श्रेष्ठद्धारा सम्पूर्ण नेपालीहरुमा विजयादशीको शुभकामना

२८ असोज २०७८ ।
रापपा प्रभावशाली नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर राजाराम श्रेष्ठले नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
नेता श्रेष्ठले दशैंले सम्पूर्ण नेपालीहरुमा भाइचाराको सम्बन्ध अझ बढि प्रगाढ बन्न सकोस् भनी शुभकामना दिनुभएको छ ।
मुलुकमा देखिएका विविध समस्याहरुको निराकरण गरी सरकारले जनउत्तरदायी कार्य गर्न सकोस् भनी राप्रपा नेता श्रेष्ठले कामना पनि गर्नुभएको छ ।
मुलुकमा कोभिडको समस्या जारी रहेको भन्दै नेता श्रेष्ठले भिडभाड नगरी स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरी दशैं मनाउन सम्पूर्ण नेपालीहरुलाई आग्रह पनि गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *