कागेश्वरी मनोहराका मेयर थापाद्धारा सम्पूर्ण नेपालीहरुमा विजयादशीको शुभकामना

२८ असोज २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा नगरबासी लगायत सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
नगर प्रमुख थापाले दशैंले सम्पूर्ण नेपालीहरुमा आपसी भाइचाराको सम्बन्ध अझ बढि प्रगाढ बन्न सकोस् भनी नगरबासी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिनुभएको छ ।
मुलुकमा कोभिडको समस्या जारी रहेको भन्दै नगर प्रमुख थापाले भिडभाड नगरी स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालनान गरी दशैं मनाउन नगरबासीहरु लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *