कागेश्वरी मनोहराका मेयर थापा ६ नं.वडाका टोल टोलमा

६ कार्तिक २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापा नगरपालिकाको समग्र विकास र समृद्धिका लागि अहोरात्र लागिपर्नुभएको छ ।
नगर प्रमुख थापाले नगरका टोल टोलमा भएका विकास निर्माणका कामहरुको नियमित रुपमा अनुगमन गरिरहनुभएको छ ।
नगर प्रमुख थापाले नगरका टोल टोलमा भएका विकास निर्माणका कामहरुलाई तिब्र र प्रभावकारी बनाउनका लागि नियमित रुपमा अनुगमन गर्न टोल टोलमा मेयर कार्यक्रम सञ्चालन गरिरहनुभएको छ ।
टोल टोलमा मेयर कार्यक्रम अन्तर्गत नगर प्रमुख थापाले आज कागेश्वरी मनोहरा नगरपालिका वडा नं.६ मा भएका विकास निर्माणका कामहरुको प्रगती, वडामा आागामी दिनमा समावेश गर्नुपर्ने योजना लगायत वडाको समग्र विकासका विषयमा वडाबासीहरुसंग छलफल गर्नुभएको छ ।
अनुगमनमा नगर प्रमुख कृष्णहरि थापा संगै वडा नं.६ का अध्यक्ष प्रकाश फुयाँल लगायत जनप्रतिनिधिहरु र टोलबासीहरुको सहभागिता रहेको थियो । नगर प्रमुख थापाले हरेक महिनाको १ देखी ९ गते सम्म १ देखी ९ नं. वडामा भएका विकास निर्माणका कामहरु र आगामी दिनमा गर्नुपर्ने सुधारका सम्बन्धमा जनप्रतिनिधिहरु र नगरबासी टोलबासीहरुसंग छलफल गर्दै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *