कागेश्वरी मनोहराका मेयर थापा ७ नं.वडाका टोल टोलमा विकास कार्यको अनुगमनमा

७ कार्तिक २०७८ ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापा नगरपालिकाको समग्र विकास र समृद्धिका लागि अहोरात्र लागिपर्नुभएको छ ।
नगर प्रमुख थापाले नगरका टोल टोलमा भएका विकास निर्माणका कामहरुको नियमित रुपमा अनुगमन गरिरहनुभएको छ ।
नगर प्रमुख थापाले नगरका टोल टोलमा भएका विकास निर्माणका कामहरुलाई तिब्र र प्रभावकारी बनाउनका लागि नियमित रुपमा अनुगमन गर्न टोल टोलमा मेयर कार्यक्रम सञ्चालन गरिरहनुभएको छ ।
टोल टोलमा मेयर कार्यक्रम अन्तर्गत नगर प्रमुख थापाले आज कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ मा भएका विकास निर्माणका कामहरुको प्रगती, वडामा आागामी दिनमा समावेश गर्नुपर्ने योजना लगायत वडाको समग्र विकासका विषयमा वडाबासीहरुसंग छलफल गर्नुभएको छ ।
अनुगमनमा नगर प्रमुख कृष्णहरि थापा संगै वडा नं.७ का वडा अध्यक्ष जीवन थापा, वडा सदस्यहरु सहदेव कार्की, लक्ष्मण पुरी लगायत जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र टोलबासीहरुको सहभागिता रहेको थियो ।
नगर प्रमुख थापाले हरेक महिनाको १ देखी ९ गते सम्म १ देखी ९ नं. वडामा भएका विकास निर्माणका कामहरु र आगामी दिनमा गर्नुपर्ने सुधारका कार्यहरुको सम्बन्धमा जनप्रतिनिधिहरु र टोलबासीहरुसंग छलफल गर्दै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *