मिलारेपाका दोहामा अन्तर्निहित दार्शनिक पक्षको विश्लेष्णत्मक अध्ययन शोधप्रस्ताव

१. परिचयः– भगवान् बुद्धको जन्मभूभि नेपालमा वहाँले प्रतिपादन गरेको बौद्ध धर्म र दर्शन विभिन्न रुपबाट अहिलेसम्म निरन्तर प्रचलनमा आइरहेको पाइन्छ । बौद्ध धर्मको विकाशको क्रममा विभिन्न कालखण्डमा बौद्ध धर्मका सम्प्रदाय र यानहरु परापूर्वकालदेखि नै याहाँ चलिरहेको पाइन्छ काठमाडौँ उपत्यकामा संस्कृत भाषामा आधारित वज्रयानका अनुयायीहरु पाइन्छन् भने हिमाली तथा पहाडी क्षेत्रमा भोटभाषामा आधारित महायान र वज्रयान बौद्ध धर्मको अभ्यास भई रहेको पाइन्छ । यसै सनदर्भमा एघारौँ बाहौँ शताब्दीका भोटका सिद्ध महायोगी मिलारेपा (सन् १०४०—११२३) प्रसिद्ध गुरु हुन् उनको जन्म हाल चीनको स्वशासित क्षेत्र क्याङाचा भन्ने ठाउँमा पिता शेराब ग्याल्छेन् (प्रज्ञाध्वज) र माता कार्मो ग्येन (श्वेता रत्ना) बाट सन् १०४० मा भएको पाइन्छ । उनी सम्पन्न परिवारमा जन्मेका थिए । उनको बाल्यकालको नाम थोपागा थियो । उनको बाल्यकाल अत्यन्त सुखपूर्वक बित्यो । पिताको मृत्युपश्चात मिलारेपाको परिवार उनका काका र फुपूको संरक्षणमा पुग्यो । मिला शेराब ग्याल्छेनले मृत्यु हुने समयमा आप्mना भाइ र बहिनीलाई आप्mनो छोरा मिलारेपा बालिक नहुन्जेलसम्म परिवार र श्रीसम्पत्ति सबै जिम्मा लगाएर रेखदेख गरिदिज आग्रह गरेका थिए । जसको पलस्वरुप उनीहरुले आप्mना वाचा विपरित मिलारेपाका परिवारलाई अत्यन्त दुःख दिन थाले र मिलारेपा १६ वर्ष पुगेपछि उनकी आमाले आप्mनो सम्पत्ति फिर्ता माग्दा उनीहरु खूब रिसाएर गाली बेइजती गरे । यो अन्याय र अपमानको पीडा खप्न नसकेर प्रतिशोध लिनको लागि मिलारेपाको आमा कार्मो ग्येनले आप्mनो छोरा मिलारेपालाई अरुलाई हानी गर्न सक्ने (कालो विद्या) सिक्न पठाइन् । आमाको इच्छा अनुसार मिलारेपा काले विद्यामा निपुण भए । उनले प्रतिशोधको रुपमा ३५ जनाको एकै चिहान बनाई दिए ।
यस्ता कुकर्म गरेको कारणले मिलारेपालाई अति नै पश्चाताप भयो । जसको प्रायश्चित स्वरुप उनी सद् धर्मको खोजिमा हिँडे । यसैक्रममा पूर्व जन्मको संस्कारको कारण उनको मार्पा लोचावासँग भेट भयो । त्यस पछि मार्पालाई आप्mनो गुरु बनिदिन आग्रह गरे जसको बदलामा उनले मार्पाको वचन शिरोपर गरी अक्षरशः पालना गर्दै गुरु सेवा गर्न थाले । मार्पाले उनको पाप धेरै हदसम्म शोधन गराइसकेपछि उनलाई वाङ, लुङ र ठ्रि (अभिषेक, आगम र उपदेश) सबै दिएर हिमाली तथा पहाडी गुफा र कन्दराहरुमा गई तपस्या गर्न आदेश दिए । जसअनुसार मिलारेपाले ध्यान गर्दै हिँड्ने क्रममा नेपालका विभिन्न हिमाली तथा पहाडी क्षेत्रका गुफाहरुमा आएर ध्यान गरेको पाइन्छ । ध्यान पश्चात उनलाई बोध लाभ भएको र तत् पश्चात ती बोधि ज्ञान बोधि प्रस्फुटनका रुपमा लोक भाकामा गाइएका गीतहरु विभिन्न ठाउँहरुमा गाएका थिए । यो गीतहरुको संकलनलाई मिलाई गुर्बुम (मिलाको सतसहास्रिक गीत) भनिन्छ । उनको परिनर्विाण भए पछि उनले गाएका गीतहरुलाई उनका चेलाहरुले एकै ठाउँमा संकलन गरेका थिउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *