चन्द्रागिरी नगरपालिकाको समग्र विकासका लागि नगरपालिकाका जनप्रतिनिधिहरु सक्रिय

 

१८ मंसिर काठमाडौं
चन्द्रागिरी नगरपालिका काठमाडौं जिल्लामा अवस्थित पर्यटकीय र साँस्कृतिक हिसाबले भरिपूर्ण नगरपालिका हो । राष्ट्रिय जनगणना २०६८ का अनुसार चन्द्रागिरी नगरपालिकाको कूल जनसंख्या ८६ हजार १ सय ९८ रहेको छ । यसमध्ये ४२ हजार ३ सय १७ महिला र ४२ हजार ८ सय ८१ पुरुष रहेका छन् ।
भौगालिक हिसाबले हेर्नुपर्दा चन्द्रागिरी नगरपालिकाको पूर्वमा काठमाडौं महानगरपालिका र कीर्तिपुर नगरपालिका, पश्चिममा धादिङको धुनबेशी नगरपालिका, उत्तरमा नागार्जुन नगरपालिका र दक्षिणमा मकवानपुर जिल्लाको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका पर्दछन् ।


चन्द्रागिरी नगरपालिका नगरको समग्र विकासका लागि, लागि परेको छ । नगरपालिकाले यसका लागि आवश्यक कार्य शुरु गरिसकेको जनाएको छ ।
चन्द्रागिरी नगरपालिकाले सहभागितात्मक पद्धतिबाट बार्षिक नीति, बजेट तथा कार्यक्रम तर्जुमा गरेको जनाएको छ ।
खानेपानी सरसफाई, वातावरण, विपद् व्यवस्थापन, शहरी आवास, भौतिक पूर्बाधार विकास, शिक्षा, स्वास्थ्य, युवा, खेलकूद, सामाजिक सुरक्षा, सामाजिक विकास, पर्यटकीय पूर्वाधार विकास, कृषि, पशु, वन, संस्थागत सुशासन, सेवा प्रवाह, यातायात, सञ्चार, सूचना प्रविधि, आन्तरिक आय, राजस्व प्रबद्र्धन, परिचालन र सम्पदा तथा संस्कृति संरक्षण लगायतका क्षेत्रलाई प्राथमिकता दिएर चन्द्रागिरी नगरपालिकाले कार्य गरिरहेको नगर प्रमुख घनश्याम गिरीले बताउनुभएको छ ।
नगरपालिकाले पर्यटन, कृषि, उद्योग, आवास लगायतका क्षेत्रको प्राथमिकता क्षेत्र पहिचान गरेको छ । नगरपालिकाले नगरको समग्र विकास र व्यवस्थापनका लागि आवास नीति ल्याउने तयारी पनि गरेको छ ।
चन्द्रागिरी नगरपालिकाले विकास निर्माणका कामहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको छ । यसका साथै नगरपालिकाले नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाइएको जनाएको छ । नगरपालिकाको दिर्घकालिन विकासका लागि नगरपालिकाले आवश्यक कार्य शुरु गरिसकेको नगर प्रमुख घनश्याम गिरीले बताउनुहुन्छ ।


चन्द्रागिरी नगरपालिकाले पर्यटन प्रबद्र्धन, साँस्कृतिक संम्पदाहरुको संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, व्यवसायको विकास र उत्थानका लागि पनि आवश्यक कार्य गरिरहेको चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीको भनाई छ ।
चन्द्रागिरी नगरपालिकाले नगरबासीको चाहना बमोजिमका योजनाहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको छ । फोहोरमैला व्यवस्थापनका लागि पनि नगरपालिकाले आवश्यक कार्य गरिरहेको छ ।
नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाई नगरबासीलाई सेवा प्रवाह गरिरहेको नगर प्रमुख घनश्याम गिरीले बताउनुभएको छ ।
शिक्षा, स्वास्थ्य, कृषि, उद्योग तथा व्यवसायको विकास र उत्थानका लागि पनि आवश्यक कार्य भैरहेको चन्द्रागिरी नगरपालिकाले जनाएको छ ।
चन्द्रागिरी नगरपालिकाले फोहरमैला व्यवस्थापन, वनजंगलको संरक्षण, सडक बाटो निर्माण, ढल, खानेपानी, महिला, बालबालिका, जेष्ठ नागरिक लगायत सामाजिक विकासका कामहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको छ ।
चन्द्रागिरी नगरपालिकाका उप-प्रमुख लिशा नकर्मी नगरपालिकाले विकास निर्माण र सेवा प्रवाहका कामहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउनुहुन्छ ।


चन्द्रागिरी नगरपालिकाले नगरबासीहरुले माग गरेका योजनाहरुलाई प्राथमिकता दिएर योजना छनोट गरी कार्यान्वयन गर्ने गरेको उहाँको भनाई रहेको छ ।
चन्द्रागिरी नगरपालिकाले लक्षित बर्गका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि पनि विशेष पहल गरिरहेको उप-प्रमुख लिशा नकर्मीले बताउनुभएको छ ।

चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युबराज पौडेल नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाइएको बताउँदै नगरबासीलाई सहज र सरल रुपले सेवा दिनका लागि नगरपालिका सदैव प्रतिबद्ध रहेको बताउनुहुन्छ ।
चन्द्रागिरी नगरपालिकाले जनशक्ति व्यवस्थापन र कर्मचारीको क्षमता विकासका क्षेत्रमा पनि कार्य गरिरहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाई रहेको छ ।


चन्द्रागिरी नगरपालिकाले शहरीकरण व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग लगायत नगरपालिकाको समग्र विकासका लागि संघीय सरकार र प्रदेश सरकारसंग समन्वय गरेर कार्य गरिरहेको चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युबराज पौडेलले बताउनुभएको छ ।
चन्द्रागिरी नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जन चन्द्रागिरी नगरपालिका पर्यटकीय नगरपालिका भएकोले नगरको पर्यटन प्रबद्र्धनलाई विशेष ध्यान दिएर नगरपालिकाले कार्य गरिरहेको बताउनुहुन्छ ।
नगरपालिकाले नगरमा भएका साँस्कृतिक सम्पदाहरुको संरक्षण, यातायात क्षेत्रको सहि व्यवस्थापन, सामूदायिक प्रहरी व्यवस्थापन, स्थानीय भेषभुषाको संरक्षण, खानेपानीको सहि व्यवस्थापन लगायतका क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउनुहुन्छ नगर प्रवक्ता हरिभक्त महर्जन ।


कृषि योग्य जमिनको संरक्षण, उद्योग व्यवस्थापन, बन्यजन्तुको संरक्षण लगायतका कामहरुलाई पनि नगरपालिकाले प्राथमिकता दिएर कार्य गरिरहेको नगर प्रवक्ता हरिभक्त महर्जनको भनाई रहेको छ ।
चन्द्रागिरी नगरपालिकाको ११ नं. वडाका अध्यक्ष समेत रहनुभएका नगर प्रवक्ता हरिभक्त महर्जन नगरपालिकाका वडा अध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधिहरु नगरको समग्र विकासका लागि सक्रियतापूर्वक लागेको बताउनुहुन्छ ।

सेवा प्रवाहलाई प्रभावकारी बनाई नगरबासीको जीवनस्तर बृद्धि गरी गरिबी न्यूनिकरणमा सहयोग गर्ने लक्ष्य र प्रभावकारी सेवा प्रवाह, स्थानीय विकास एवम् नागरीक चेतना अभिबृद्धिको लागि स्थानीय शासन सुदृढ गर्ने उद्येश्यका साथ चन्द्रागिरी नगरपालिकाले कार्य गरिरहेको चन्द्रागिरी नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *