खाद्य कम्पनी भोली देखी सुपथ मूल्य पसल सञ्चालन गर्दै

३१ भाद्र २०७९ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भोली देखी सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
नेपालीहरुको महान चाड बडा दशैं, तिहार र छठ पर्बको अवसरमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो ।
सुपथ मूल्य पसल सञ्चालनका लागि सम्पूर्ण तयारी पुरा भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले जानकारी दिनुभयो ।
भोली देखी सञ्चालन हुने सुपथ मूल्य पसल आगामी कार्तिक १५ गतेसम्म सञ्चालन गरिने छ ।
राजधानी काठमाडौं लगायत नेपालभरका ४१ जिल्लाका ४५ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दले जानकारी दिनुभयो ।
सुपथ मूल्य पसलमा खाद्यान्न बस्तुहरु दाल, चामलमा प्रति केजी १० रपैंयाँ छुट दिइने छ ।
खसी, बोका र च्याङग्रामा पनि प्रति केजी १० रुपैंयाँ छुट दिइने कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दले जानकारी दिनुभयो ।             सुपथ मूल्य पसलमा घिउ, तेल, कर्णालीको सिमी लगायत खाद्यान्नसंग सम्बन्धीत सामानहरु सहुलियत दरमा बिक्री बितरण गरिने छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत चन्दले सबै नेपालीहरुलाई सुपथ मूल्य पसलहरुबाट सेवा लिई लाभान्वित हुन अनुरोध गर्नुभएको छ ।
सुपथ मूल्य पसलहरु सञ्चालनको तयारीका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्द आज दिनभर काठमाडौंको थापाथलीमा रहेको प्रादेशिक कार्यालयमा आफै खट्नुभएको थियो ।
प्रमुख कार्यकारी अधिकृत चन्द संगैं कम्पनीका महाशाखा प्रमुख माधव प्रसाद अर्याल, विभागीय प्रमुखहरु भीम थापा, रण बहादुर बुढाथोकी, डिल्ली लम्साल, बागमती प्रादेशिक कार्यालयका प्रमुख ज्ञानु थापा लगायत कम्पनीका विभागीय प्रमुखहरु पनि कार्यक्रमको तयारीमा सक्रिय भएर लाग्नुभएको थियो ।
सो कार्यक्रमको भोली उद्योग, बार्णिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले उद्घाटन गर्नुहुने प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्दले जानकारी दिनुभएको छ ।