लक्ष्मीनारायण सहकारी संस्थाको १५औं साधारण सभा सम्पन्न

०३ अशोज २०७९ ।
लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लि.को १५औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले सो साधारण सभाको उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै नगर प्रमुख कार्कीले मुलुकको आर्थिक विकासमा सहकारी क्षेत्रले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताउदै नगर क्षेत्र भित्र भएका सहकारीहरुको विकास, व्यवस्थापन र प्रबद्र्धनका लागि नगरपालिकाले आवश्यक कार्य गरिरहेको बताउनुभएको थियो ।
सहकारीका अध्यक्ष शंकर थापाको अध्यक्षमा भएको सो साधारणमा सहकारीकर्मीहरुले लक्ष्मीनारायण सहकारीले स्थापना काल देखि नैं शेयरधनी सदस्यहरुको हक हितका लागि कार्य गरिरहेको बताउदै आगामी दिनमा पनि मुलुकको आर्थिक विकास र रोजगारी सिर्जनाको साथै शेयरधनी सदस्यहरु र सामाजिक विकासको क्षेत्रमा कार्य गर्न आग्रह गर्नुभएको थियो ।
साधारणसभामा लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष शंकर थापाले सहकारीको आर्थिक वर्ष २०७८र०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा अध्यक्ष थापाले शेयरधनी सदस्यहरुको हितलाई ध्यानमा राखेर सहकारीले कार्य गरिरहेको बताउदै सहकारीमा कार्यरत कर्मचारीहरुको क्षमता विकासमा सहकारीले विशेष ध्यान दिएर कार्य गरिरहेको बताउनुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.८ का वडा अध्यक्ष हरिभक्त पुडासैंनीले सहकारीले कागेश्वरी मनोहरा क्षेत्रको आर्थिक विकास र रोजगारीको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्माण गरेको बताउनुभएको थियो ।
साधारणसभामा कागेश्वरी मनोहरा नगरपालिकाका कानुनी सल्लाहकार लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लि. को निर्वाचन समितिको संयोजक विश्वनाथ खनाल, नेपाली कांग्रेसका युवा नेता सहकुल थापा, समाजसेवी सुदर्शन थापा लगायतको सहभागिता रहेको थियो ।
साधारणसभामा लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लि.का कोषाध्यक्ष राजन थापाले सहकारीको आर्थिक वर्ष २०७८र०७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभाले आर्थिक वर्ष २०७८र०७९ को लेखापरीक्षण प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब लगायत बित्तिय बिबरणहरु पारित गरी सञ्चालक समितिबाट आर्थिक वर्ष २०७८र०७९ मा गरिएका कार्यहरुको अनुमोदन गरिएको सहकारीका अध्यक्ष शंकर थापाले जानकारी दिनुभएको छ ।
साधारणसभाले लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा पुनःसमाजसेवी शंकर थापालाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
साधारणसभामा कागेश्वरी मनोहरा नगरपालिकाका वडा अध्यक्षहरु मुकुन्द प्रसाद गजुरेल, राममणी पुडासैनी, प्रकाश फुयाँल, अनिल थापा लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लि.का पदाधिकारी तथा सदस्यहरु, विभिन्न सहकारीका प्रतिनिधिहरु लगायत शेयरधनी सदस्यहरुको उल्लेख्य सहभागी रहेको थियो ।