कागेश्वरी मनोहराका वडा वडामा संविधान दिवस मनाइयो

०३ अशोज २०७९ ।
कागेश्वरी मनोहरा नगरपालिकाका वडाहरुले संविधान दिवस विविध कार्यक्रम गरी मनाएका छन् ।
वडा कार्यालयहरुले दिप प्रज्वलन गरी संविधान दिवस मनाएको वडा नं.७ का वडा अध्यक्ष भिमसेन थापाले जानकारी दिनुभएयो ।
कागेश्वरी मनोहरा नगरपालिकामा वडा नं.१ देखी ९ सम्मै संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरी संविधान दिवस मनाइएको हो ।
वडा नं.७ मा नगर प्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा संविधान दिवस मनाइएको छ ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै नगर प्रमुख कार्कीले संविधानले सबै जातजाति र भाषाभाषीको हक अधिकार सुनिश्चित गरेको बताउदै संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्ष लाग्नुपर्ने बताउनुभएको थियो ।
कागेश्वरी मनोहरा नगरपालिकाले नगरको समग्र विकास र समृद्धिका लागि तदारुकताका साथ कार्य गरिरहेको बताउदै नगर प्रमुख कार्कीले नगरको विकास अभियानमा सक्रिय भएर लाग्न नगरबासीहरुलाई आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ का वडा अध्यक्ष भिमसेन थापाले वडाले उत्सवका रुपमा संविधान दिवस मनाएको बताउदै संविधान निर्माणमा संलग्न राजनीतिक दलका वडामा भएका प्रतिनिधिहरुको सहभागितामा संविधान दिवस मनाउन शुरु गरिएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं.२ का क्षेत्रीय सभापति कबिर शर्मा, नेपाली कांग्रेस ७ नं.वडा कार्य समितिका सभापति रंजन न्यौपाने, नेकपा माओवादी केन्द्रका अमरचन्द्र बोहरा, नेकपा एकीकृत समाजवादीका धर्मेन्द्र चापागाई, समाजसेवी शैलेन्द्र चापागाई लगायतले संविधान दिवसको अवसरमा वडाबासी लगायत सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका राजनीतिक सल्लाहकार सुशिल फुयाँल, कानूनी सल्लाहकार विश्वनाथ खनाल, जिसस काठमाडौंका सदस्य यशोदा कार्की खड्का, नगर सभा सदस्य भक्त थापा, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शर्मिला कार्की थापा, कांग्रेस ७ नं. वडा कार्य समितिका उपसभापति भगवान कार्की, सहसचिव केदार घिमिरे, क्षेत्रीय प्रतिनिधि गया प्रसाद उपाध्याय लगायत जनप्रतिनिधिहिरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, कर्मचारीहरु र वडाबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
यसैगरी कागेश्वरी मनोहरा नगरपालिका वडा नं.८ मा पनि संविधान दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।
संविधान दिवसको अवसरमा वडा नं.८ कार्यालय परिसरमा दिप प्रज्वलन गरिएको छ ।
वडा नं.८ का वडा अध्यक्ष हरिभक्त पुडासैनी, नगर कार्यपालिका सदस्य गुणकेशरी श्रेष्ठ, नगर सभा सदस्यहरु मुक्तिनाथ दाहाल, सुनिता चापागाई लगायत वडाका कर्मचारीहरु र वडाबासीहरुको सहभागिता भएको थियो ।
यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाका अन्य वडाहरुले पनि दिप प्रज्वलन गरी संविधान दिवस मनाएका छन् ।