MUFC विजयचोकले ‘सी’ डिभिजन लिग छनौट खेल्दै

०५ अशोज २०७९ ।

MUFC विजयचोक युथ क्लब काठमाडौंले आगामी असोज ६ गतेबाट हुने सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट खेल्ने भएको छ ।
सन् २०१२ मा गठन भएको MUFC विजयचोकले ‘सी’ डिभिजन लिग छनौट खेल्दै ०५ अशोज २०७९ ।एमयुएफसी विजयचोकले ‘सी’ डिभिजन लिग छनौट खेल्दै ०५ अशोज २०७९ ।

MUFC बेलायती फुटबल क्लब म्यान्चेष्टर युनाइटेडको समर्थक टोली हो ।

सुरुवाती दिनमा सातामा विदाको दिन शनिवार भेला भएर एक आपसमा खेल्ने गर्थे ।
विस्तारै क्लबमा सदस्यको संख्या बढ्दै गएपछि क्लब गठन गरेर विभित्र प्रतियोगिताहरुमा सहभागिता जनाएको थियो ।

नैकाप गोल्डकप, सटर्स कप लगायत विभत्र प्रतियोगितामा अनुभव बटुलेको क्लबले गत वर्ष सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटको सुपर ८ मा पुग्न सफल भएको थियो ।
समुदायमा हुने विकास निर्माण, जनचेतनामुलक कार्यक्रमहरु, स्वास्थय शिविर,कोभिड १९ बाट प्रभावित व्यक्तिहरुलाई खाना बनाएर खुवाउने, खाद्यात्र वितरण र निशुल्क कोभिड आइसोलेसन सेन्टर चलाएर समेत स्थानीयलाई सहयोग गरेको थियो ।
आगामी दिनमा सामाजिक सेवासँगै व्यवसायिक फुटबललाई पनि निरन्तरता दिनका लागि आगामी असोज ६ गतेबाट हुने ‘सी’ डिभिजन लिग छनौट खेल्न लागेको क्लबका मेनेजर सुरेश नेपालले जानकारी दिए ।
नेपालका अनुसार एमयुएफसी र विजयचोक युथ क्लब बीच सहकार्य गरेर दोस्रो पटक लिग फुटबल खेल्न लागेको हो ।
यसैबीच अखिल नेपाल फुटबल संघ एन्फाले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट खेलका लागि सार्वजनिक गरेको तालिका अनुसार असोज ६ गतेबाट उपत्यकामा सुरु हुने छनौट प्रतियोगितामा देशभरका ६० क्लब सहभागी हुने जानकारी दिएको छ ।
एन्फाले सहभागी ६० क्लबलाई २० समूहमा विभाजन गरेको छ ।

प्रत्येक समूहमा ३ क्लब रहेका छन् ।

हरेक समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछ। दोस्रो चरण तथा नकआउट चरणलाई २ समूहमा विभाजन गरिएको छ।

हरेक समूहका फाइनल विजेता ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन्।
यी समुहका सबै खेल कार्तिक २४ गते समापन हुनेछ ।