आनन्द भैरव विद्यालयको अध्यक्षमा पुनः शंकर थापा सर्वसम्मत रुपमा चयन

१० अशोज २०७९ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ मा रहेको आनन्द भैरव माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा युवा नेता एवम् समाजसेवी शंकर थापा सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
अध्यक्षसंगै विद्यालयको नयाँ व्यवस्थापन समिति बनेको छ ।
आनन्द भैरब विद्यालयमा भएको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शंकर थापा तथा सदस्यहरुमा शंकर बहादुर बिष्ट, मीरा थापा र अनिता खड्का सर्वसम्मत रुपमा चयन हुनुभएको वडा नं.७ का वडा अध्यक्ष भिमसेन थापाले जानकारी दिनुभएको छ ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ का वडा अध्यक्ष भिमसेन थापा पदेन सदस्य हुनुहुन्छ भने नगरपालिकाले मनोनित गरेका सदस्यहरुमा शर्मिला कार्की थापा र भिमसेन न्यौपाने रहनुभएको छ ।
नयाँ पदाधिकारीहरुको चयन भए संगैं विद्यालय व्यवस्थापन समितिले पूर्णता पाएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की नगरपालिकाको समग्र शैक्षिक क्षेत्रलाई व्यवस्थित र गुणस्तरीय बनाउन लागिपर्नुभएको छ ।
कार्यक्रममा विद्यालयका शिक्षकहरु र अभिभावकहरुले विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई स्वागत गर्नुभएको थियो ।