आर्थिक क्रान्तिबाट नै देशको समृद्धि र विकास गर्न जरुरी छ ः कांग्रेस नेता धर्मानन्द श्रेष्ठ

चन्द्रागिरी न.पा. ८ मा पिता श्यामकृष्ण श्रेष्ठका छोरा धर्मानन्द श्रेष्ठ सानै उमेर देखि ने.वि. संघमा आवद्ध भएर ने.वि.संघको क्षेत्रिय सचिव, तरुण दलको काठमाण्डौ जिल्ला सदस्य हुँदै काठमाण्डौं पश्चिम भेगिय संयोजक भई काठमाडौं क्षेत्र नं.१० प्रदेश सभा ख को उम्मेदवार भई झिनो मतले पराजित हुनु भएका श्रेष्ठ सामाजिक तथा व्यवसायमा समेत आवद्ध हुनुहुन्छ । उहाँ पूर्व नेपाल वोतल वाटर उद्योग संघको अध्यक्षका साथै काठमाडौ उपत्यका स्रोत तथा ट्रयाक्टर व्यवसायको सल्लाहकार पनि हुनुहुन्छ । विभिन्न संघ संस्थामा सव्रिmय रुपमा समाज सेवा गर्दै आउनु भएका श्रेष्ठ सँग गरिएको छोटो कुराकानी ः
ड्ड आजभोली के मा व्यस्त हुनुहुन्छ ?
म आजभोली ने.का को क्षेत्र नं. १० को प्रदेश सभा (ख) काठमाण्डौ बाट उम्मेदवार भएको नाताले यहाँ आमजनताको आर्थिक, सामाजिक, सुशासन र जनताको आधारभूत आवश्यक्ताको साथै पार्टीको लागि राजनैतिक क्षेत्रमा सव्रिmय रुपमा काम गर्दैछु ।
ड्ड तपाँइको व्यापार व्यवसायको अवस्था कस्तो छ ?
व्यवसाय अनिवार्य चाहिन्छ, त्यसमा म सव्रिmय रुपमा मेरो उत्पादन मिनरल वाटर उत्पादन गरिरहेको हुनाले यस क्षेत्रवाट पनि देश आर्थिक विकास र आत्मनिर्भर वनाउने र निर्यात समेत गर्न सक्ने वातावरणमा उच्च गुणस्तर प्रविधि विकास गरी विदेशी मुद्रा आर्जनको प्रमुख उदेश्य र लक्ष्य भएकोले त्यस विभिन्न क्षेत्र व्यापक पहल गरिरहेको छु ।
ड्ड उद्योगीहरुलाई राज्यले के कस्ता अवधारणाहरु बनाउनपर्छ भन्ने लाग्छ ?
नेपालको सबै भन्दा समस्या युवाहरुलाई उत्पादन र उद्यमशिलतामा विश्वास र भरोसा दिन सक्नु नै आजको महत्वपूर्ण कुरा हो । दुईरतिन हजार युवाहरु दिनदिनै विदेशीनु बाध्य हुनपर्ने, कृषि लगायत विभिन्न उत्पादनमा देशलाई आत्मनिर्भर हुनपर्ने ठाँउमा आयतित रुपमा परिचित हुनुपर्ने अवस्थाको अन्त्य भई मुलुकको राष्ट्रिय उद्योगको विकास गरी देश विकास र समृद्धिका लागि लाग्नुपर्ने अवस्थामा लैजान विभिन्न खालका उद्योगलाई वर्गिकरण गरी (साना मझौला तथा ठुला) त्यस अनुसार कृषि, घरेलु तथा साना उद्योगलाई ऋण दिने प्रकृयालाई सहुलियत र सुविधा उपलब्ध गराई युवाहरुलाई उद्यमशिलता वनाउन अत्यन्तै जरुरी छ । साथै ब्याजमा बैकको निति सरकारको निति परिवर्तन गर्नु अत्यन्तै जरुरी देखिन्छ ।
ड्ड ने.का.को युवा नेता भएको नाताले मुलुकको आर्थिक समृद्धिका लागि कस्तो भुमिका निर्वाह गर्नु पर्ला जस्तो लाग्छ ?
नेपालको इतिहासमा राणा शासनकाल देखि हाल सम्म नेपाली जनताले कयौ संघर्ष र बलिदान गरे र त्यसको फलस्वरुप हाल देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । अब हामीहरुले आर्थिक क्रान्तिबाट नै देशको समृद्धि र विकास गर्न जरुरी देखिन्छ । त्यस सरकारले उत्पादन, रोजगारी, उद्यमशिलताको माध्यम बाट आर्थिक विकासमा लाग्नु अति आवश्यक छ । कृषि प्रधान देश अधिकांश कृषि सामाग्रीहरु, उत्पादन, उपभोग आर्यातमा निर्भर हुन पुगेको छ । यो राष्ट्रको लागि ठुलो क्षतिको रुपमा रहेको हुनाले यहाँका युवाहरुलाई विश्वासको वातावरण सृजना गरी सहुलियत र सहज किसिमको कानुन निर्माण गरी सहज र सरल निति अवलम्बन गरी कृषि, पर्यटन लगायत औद्योगिक क्षेत्रको विकास गरी आत्मनिर्भर बनाउन अत्यन्तै जरुरी छ । आमनागरीकले पनि यो देशलाई आर्थिक बिकास र समृद्धिका लागि व्यापक पहल गर्नु पर्दछ ।
ड्ड चन्द्रागिरीको विकासका लागि के कस्तो पहल गर्दैहुनुहुन्छ ?
काठमाण्डौको प्रमुख प्रवेश द्धार चन्द्रागिरी नगरपालिका भएकोले यहाँका आमनागरिकको स्वास्थ्य, शिक्षा, सडक, आर्थिक उन्नति वातावरण, कृषि उत्पादनमा जनताहरु भावना बमोजिमका कामहरु राज्यले गर्न सेकेको छैन । कलंकी–नागढुङ्गा सडक निर्माण भएको छैन । नगर अस्पताल, प्राविधिक शिक्षालय, कृषि अनुसन्धान केन्द्र, पर्यटन तथा धार्मिक साँस्कृतिक क्षेत्र पहिचान गरी राज्यले यस क्षेत्रको आर्थिक विकासका लागि नितिनिर्माण कार्य गर्न जरुरी छ । खेलकुदमा नगरस्तरिय खेल मैदान निर्माण गर्नुपर्छ । जेष्ठ नागरिक केयर सेन्टर र महिलाहरुको लागि सिपमूलुक विभिन्न तालिम उपलब्ध गराई आत्मनिर्भर बनाउने काम राज्यले गर्नु पर्दछ भन्ने मेरो सुझाव र दवाव दिदै आएको छु ।
ड्ड तपाई काठमाण्डौको आदिवासी भएको नाताले यहाँको उर्वर भूमीलाई सिमेन्टका चट्टान बनाउने काम भएको छ ? यसमा तपाईको धारणा के छ ?
काठमाण्डौ उपत्यका भन्ने साँस्कृतिक शहर हो । यहाँको विभिन्न मठ, मन्दिर, चैत्य, गुम्बा आदि टोल÷टोलमा छन् । यस्तो विश्वको कुनै ठाँउमा यस्तो छैन । जुन उर्भर भूमीको कुरा उठाउनु भयो हालसम्म राज्यले आवास क्षेत्र, कृषि उत्पादन क्षेत्र, औद्योगिक क्षेत्र, पर्यटकीय क्षेत्रको वर्गिकरण गर्न नसक्नु नै प्रमुख समस्या हो । यसलाई वर्गिकरण गरी यहाँको धर्म÷संस्कृति बचाउन र संरक्षण गर्न अति आवश्यक र जरुरी छ ।
ड्ड अन्तमा यस अनलाइन मिडिया मार्फत् के भन्न चाहनुहुन्छ ?
म राजनितिक व्यक्ति भएको नाताले महामानव वि.पी.कोइरालाको सिद्धान्तमा आधारित राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा विश्वास गर्ने व्यक्ति हु । नेपालमा विभिन्न भाषा, धर्म, संस्कृति, भेषभुषा भएकोले हामीले सबै भाषाभाषीलाई स्वतन्त्र र समानताको रुपमा हेर्नु पर्दछ । जहाँसम्म अरु धर्म÷संस्कृतिको सम्मान गर्दै ८१ प्रतिशत भन्दा माथि हिन्दु धर्मालम्बी भएको नाताले विश्व एक मात्र हिन्दु राष्ट्र भएको खण्डमा राम्रो हुने थियो भन्ने लाग्छ भने अर्को तर्फ नेपाल गरिव राष्ट्रको रुपमा परिचित भएको अवस्थामा सबै दल तथा आम नागरिकले आर्थिक उन्नतीको बाटोमा लागि देशलाई सम्मुन्नत, समृद्धिको बाटोमा लैजान राज्य, नागरिक समाज तथा सबै राजनीतिक शक्तिहरु लागेर देश विकास गरौ भन्ने मलाई लाग्छ । त्यसमा विशेष युवाहरुलाई रोजगार र उत्पादनशिलतामा लैजान राज्यले सरल तथा सहजिकरण गरी युवाहरुलाई अग्रसर बनाउन नीति, नियम बनाउनुपर्छ भन्ने मेरो दृष्टिकोण छ ।
धन्यवाद् ।