कागेश्वरी मनोहराद्धारा ग र घ बर्गका अपांगता भएका व्यक्तिहरुलाई चाड पर्व खर्च बितरण

१० असोज २०७९ ।
कागेश्वरी मनोहरा नगरपालिकाले नगरपालिकामा भएका अपांगता भएका व्यक्तिहरुलाई चाडपर्व खर्च बितरण गरेको छ ।
नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख उपेन्द्र कार्कीले अपांगता भएका व्यक्तिहरुलाई चाड पर्व खर्च वितरण गर्नुभएको थियो ।
सो अवसरमा नगर प्रमुख कार्कीले वडा नं.१, २ , ५ र ७ का ग र घ बर्गका अपांगता भएका व्यक्तिहरुलाई नगद रु ७ हजार रुपैंयाँ चाडपर्व खर्च बितरण गर्नुभएको थियो ।
सो अवसरमा नगर प्रमुख कार्कीले अपांगता भएका व्यक्तिहरुको हक, हित संरक्षणका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउदै नेपालीहरुको महान चाड बडा दशैंमा केही राहत होस् भनेर ग र घ बर्गका अपांगता भएका व्यक्तिहरुलाई चाडपर्व खर्च उपलब्ध गराइएको बताउनुभएको थियो ।
भोली देखी उपप्रमुख शान्ता थापाले अपांगता भएका व्यक्तिहरुलाई चाडपर्व खर्च खर्च बितरण गर्नुहुने महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख सबिना श्रेष्ठले जानकारी दिनुभयो ।
कागेश्वरी मनोहरा नगरपालिकामा ग र घ बर्गका ८३ जना अपांगता भएका व्यक्तिहरुलाई रहेका छन् ।
उनिहरु सबैलाई यहि असोज १३ गते सम्म चाडपर्व खर्च बितरण गरिसकिने श्रेष्ठले जानकारी दिनुभयो ।
क र ख बर्गका अपांगता भएका व्यक्तिहरुलाई भने नेपाल सरकारले मासिक रुपमा सामाजिक सूरक्षा भत्ता उपलब्ध गराउदै आएको छ ।