नेपाल नगरपालिका संघ नगर अध्ययन केन्द्रहरुलाई व्यवस्थित र प्रभावकारी बनाउदै

१० असोज २०७९ ।
नेपाल नगरपालिका संघ नगर अध्ययन केन्द्रहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेको छ ।
हाल नेपाल नगरपालिका संघले नेपालका ७ वटै प्रदेशहरुमा नगर अध्ययन केन्द्रहरु स्थापना गरी नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको क्षमता विकास र सुशासनको क्षेत्रमा कार्य गरिरहेको छ ।
नगर अध्ययन केन्द्रहरुको क्षमता विकास लगायत यसको सञ्चालनको समग्र अवस्थाका बारेमा संघले नगर अध्ययन केन्द्रका फोकल पर्शनहरुसंग छलफल गरेको छ ।
काठमाडौंमा भएको सो कार्यक्रममा धुलिखेल नगरपालिकाका नगर प्रमुख समेत रहनुभएका नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठ, निलकण्ठ नगरपालिकाका नगर प्रमुख समेत रहनुभएका नेपाल नगरपालिका संघका महासचिव भीम प्रसाद ढुंगाना, कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख समेत रहनुभएका नेपाल नगरपालिका संघका बागमती प्रदेश अध्यक्ष उपेन्द्र कार्की र नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले नगरपालिकाहरुको क्षमता विकासका लागि नगर अध्ययन केन्द्रहरुले महत्वपूर्ण सहयोग पुर्याइरहेको बताउदै आगामी अझ बढि व्यवस्थित र प्रभावकारी बनाउनुभएको थियो ।
हाल नेपाल नगरपालिका संघले नेपालका ७ वटै प्रदेशहरुमा नगरपालिकाहरुसंगको समन्वयमा नगर अध्ययन केन्द्रहरु स्थापना गरेर नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको क्षमता विकास र सुशासनको क्षेत्रमा कार्य गरिरहेको छ ।
कार्यक्रममा नगर अध्ययन केन्द्र धुलिखेलका फोकल पर्शन समेत रहनुभएका नगरपालिकाका वरिष्ठ अधिकृत बिदुर गौतम लगायत नगर अध्ययन केन्द्र स्थापना भएका नगरपालिकाका योजना तथा कार्यक्रम अधिकृतहरु र नेपाल नगरपालिका संघका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
नेपाल नगरपालिका संघले हाल प्रदेश नं.१ मा धरान उपमहानगरपालिका, प्रदेश नं.२ मा हरिवन नगरपालिका, बागमती प्रदेशमा धुलिखेल नगरपालिका र हेटौंडा उपमहानगरपालिका, गण्डकी प्रदेशमा पोखरा महानगरपालिका, लुम्बिनी प्रदेशमा बुटवल नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिका, कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपालिका र सुदुरपश्चिम प्रदेशमा धनगढी उपमहानगरपालिकामा नगर अध्ययन केन्द्र स्थापना गरेर नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको क्षमता विकासको क्षेत्रमा कार्य गरिरहेको नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले जानकारी दिनुभएको छ ।
कार्यक्रममा दिगो विकास लक्ष्य, लेदोजन्य फोहर व्यवस्थापन, सुशासन लगायत नगरपालिका संघका विभिन्न गतिबिधिहरुको सम्बन्धमा छलफल भएको थियो ।