मनोरम सहकारीको साधारणसभा सम्पन्न, अध्यक्षमा दामोदर चापागाई सर्वसम्मत

१२ असोज २०७९ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ काँडाघारीमा रहेको मनोरम बचत तथा ऋण सहकारी संस्था लि.को चौथो बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष सुरेश दाहालको अध्यक्षतामा भएको सो साधारण सभाको सहकारीका ज्येष्ठ सदस्य विश्वनाथ दाहालले उद्घाटन गर्नुभयो ।
सो अवसरमा दाहालले सहकारीलाई व्यवस्थित र मर्यादित बनाउन सहकारीका शेयर सदस्यहरु र कर्मचारीहरुको महत्वपूर्ण भूमिका हुने बताउदै आगामी दिनमा सहकारीको समग्र पक्षको सुधारका लागि सबैले सहकार्य र समन्वय गरेर कार्य गर्नुपर्ने बताउनुभएको थियो ।
साधारणसभामा सहकारीका अध्यक्ष सुरेश दाहालले सहकारीको आर्थिक बर्ष २०७८।०७९ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा पत्रकार एवम् सहकारीका सल्लाहकार शिव रेग्मीले मुलुकको आर्थिक विकास र रोजगारी सिर्जनामा सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउदै कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रकै नमूना सहकारी बनाउनतिर लाग्नुपर्ने बताउनुभएको थियो ।
सहकारीमा कार्यरत कर्मचारीहरुको हक, हित र क्षमता विकासका लागि पनि सहकारीले विशेष ध्यान दिनुपर्ने रेग्मीले बताउनुभएको थियो ।
साधारणसभाले सहकारी संस्थाको अध्यक्षमा दामोदर प्रसाद चापागाईलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
त्यसैगरी सहकारीको उपाध्यक्षमा महेन्द्र राई, सचिवमा देवकी ढकाल र कोषाध्यक्षमा गीता कुमारी कटुवाललाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
त्यसैगरी साधारणसभाले सहकारीको सदस्यहरुमा विश्वनाथ दाहाल, शेर बहादुर श्रेष्ठ, प्रकाश कुमार चापागाई, श्रीकृष्ण चापागाई र सुनिता खड्का लम्साललाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
त्यसैगरी साधारणसभाले सुदर्शन दाहाललाई संयोजकमा र रमा घिमिरे तथा देवका कार्कीलाई सदस्यमा सर्वसम्मत रुपमा चयन गरेको छ ।
साधारण सभामा सहकारीका उपाध्यक्ष महेन्द्र राई र कोषाध्यक्ष गीता कुमारी कटुवाल तथा सदस्यहरु विश्वनाथ दाहाल, सुदर्शन दाहाल र शेर बहादुर श्रेष्ठ लगायतले सहकारीको सुधारका लागि आगामी दिनमा अझ बढि प्रभावकारी रुपले कार्य गर्नुपर्ने बताउनुभएको थियो ।
साधारणसभामा सहकारीका पदाधिकारी तथा सदस्यहरु, शेयरधनीहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।