कांग्रेस कागेश्वरी मनोहरा वडा नं.७ को चियापन कार्यक्रम सम्पन्न

१६ असोज २०७९ ।
नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ वडा कार्य समितिले आज चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालीहरुको महान चाड बडा दशैं, शुभ दिपावली, नेपाल सम्वत्, छठ पर्व लगायत विभिन्न चाड पर्वको अवसरमा कांग्रेस ७ नं.वडा कार्य समितिले शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम आयोजना गरेको हो ।
वडा समितिले आयोजना गरेको सो कार्यक्रम नगर प्रमुख एवम् कांग्रेस युवा नेता उपेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
७ नं. वडा कार्य समितिका सभापति रञ्जन न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रमलाई मेयर कार्की, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं.२ का क्षेत्रीय सभापति कबिर शर्मा, युवा नेता एवम् महाधिवेशन प्रतिनिधि शंकर थापा लगायतले संबोधन गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस कागेश्वरी मनोहरा नगर समितिका सभापति उद्धव दाहाल, कागेश्वरी मनोहरा नगरपालिकाका कानूनी सल्लाहकार विश्वनाथ खनाल, कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ का वडा अध्यक्ष समेत रहनुभएका क्षेत्रीय सचिव भिमसेन थापा, वडा सदस्य भक्त बिक्रम थापा, जिसस काठमाडौंका सदस्य यशोदा कार्की खड्का, कांग्रेस ७ नं.वडा कार्य समितिका उपसभापति भगवान कार्की, क्षेत्रीय प्रतिनिधि केदार घिमिरे लगायत कांग्रेस नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।