कागेश्वरी मनोहरा-८ ले भोलि बिहान शुभकामना आदानप्रदान कार्यक्रम गर्दै

२९ चैत्र २०७९ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं.८ ले भोलि बिहान नयाँ बर्ष २०८० को अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको वडा अध्यक्ष हरिभक्त पुडासैनीले जानकारी दिनुभयो ।
कार्यक्रममा वडाले चालु आ.ब.मा गरेका कामहरुको प्रगति विवरण पनि सार्वजनिक गरिने अध्यक्ष पुडासनीले बताउनुभयो ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने सो कार्यक्रममा उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तोला, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु लगायत नगर सभा सदस्यहरु लगायत वडाबासीहरुलाई कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा गरिएको वडा अध्यक्ष पुडासैनीले जानकारी दिनुभयो ।कार्यक्रम भोलि बिहान ८ बजेदेखी शुरु हुनेछ ।