अष्ट्रेलियामा राप्रपाको संगठन बिस्तार गर्दै केन्द्रीय सदस्य राउत

२० असार २०८० ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रीय सदस्य कृष्ण बहादुर राउत अष्ट्रेलियामा राप्रपाको संगठन बिस्तार अभियानमा व्यस्त हुनुहुन्छ ।
राउतले आफू अष्ट्रेलिया गएको २ महिनाको अवधिमा धेरै ठाउँमा पार्टीको हित र संगठन बिस्तारको बारेमा छलफल गरेको बताउनुभयो ।
अष्ट्रेलियाको मेलबर्न, सिड्नी लगायत विभिन्न शहरहरुमा गएर पार्टीको संगठन बिस्तारमा सक्रिय भएर लागिपरेको केन्द्रीय सदस्य राउतले जानकारी दिनुभयो ।
नेपालमा पनि संगठन बिस्तार र सुदृढिकरणमा लागिपर्ने राउतको पुरानो घर सिन्धुपालचोक जिल्ला मेलम्ची नगरपालिका वडा नं.४ हो भने हाल काठमाडौंको टोखा नगरपालिका वडा नं.८ निबासी हुनुहुन्छ । उहाँ बिगत लामो समयदेखी राप्रपामा आबद्ध हुनुहुन्छ ।
अष्ट्रेलिया भ्रमण सकेर साउन दोस्रो हप्ता नेपाल फर्किने तयारी गरेको राउतले जानकारी दिनुभयो ।