टोखा नगरपालिकाको चौथो नगर सभा सम्पन्न, नगरपालिकाले पूर्वाधार विकास, सामाजिक विकास र जनसरोकारका कामलाई प्राथमिकता दिएको नगर प्रमुख प्रकाश अधिकारीको भनाई

 

१४ चैत्र २०७५ ।
काठमाडौं जिल्लाको टोखा नगरपालिकाको चौथो नगर सभा सम्पन्न भएको छ । सो नगर सभा यहि २०७५ चैत्र १४ गते बिहिबारका दिन सम्पन्न भएको थियो ।


नगरसभालाई संबोधन गर्नुहँुदै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले पूर्वाधार विकास, सामाजिक विकास र जनसरोकारका कामहरुलाई नगरपालिकाले प्राथमिकता दिएको बताउनुभएको थियो ।
नगरसभामा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले पर्यटन प्रबद्र्धन, साँस्कृतिक सम्पदाहरुको संरक्षण, व्यवस्थापन, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, वालमैत्री पार्क निर्माण, फोहोरमैला व्यवस्थापन, नगरपालिका कार्यालय तथा वडा कार्यालयहरुको भवन निर्माण, युवा स्वरोजगार कार्यक्रम, सडक बत्ति जडान तथा मर्मत्, संघीय सरकारको अनुदानमा सञ्चालित योजना तथा कार्यक्रम, प्रदेश स्तरीय कार्यक्रम, स्थानीय पूर्वाधार विकास कार्यक्रम, नगरस्तरीय कार्यक्रम, वडा स्तरीय कार्यक्रम लगायत पूर्वाधार विकास र सेवा प्रवाहका क्षेत्रमा नगरपालिकाले गरिरहेका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
टोखा नगरपालिकाले संघीय सरकार र प्रदेश सरकार संग सहकार्य र समन्वय गरेर कार्य गरिरहेको नगर प्रमुख प्रकाश अधिकारीको भनाई थियो ।
नगरपालिकाले नगरपालिकामा भएका धार्मिक तथा ऐतिहासिक स्थलहरुलाई व्यवस्थित र पर्यटकीय स्थल बनाउनका लागि आवश्यक कार्य गरिरहेको नगर प्रमुख प्रकाश अधिकारीले बताउनुभएको छ ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नगरको समग्र विकासका लागि नगरपालिका सक्रियतापूर्वक लागेको उल्लेख गर्दै नगरको समग्र विकासमा लाग्न नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु र नगरबासीहरुलाई आग्रह पनि गर्नुभएको छ ।


नगरसभामा टोखा नगरपालिकाका उप-प्रमुख ज्ञानमाया डंगोलले नगरपालिकाले गरिरहेका कामहरुको बारेमा जानकारी दिनुभएको थियो ।
टोखा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष मधुसुदन पाण्डेले नगरको समग्र विकासका लागि नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु एकजुट भएर लागेको बताउनुभएको थियो ।
टोखा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दिपकराज जोशीले वडाबाट हुने विकास निर्माण र सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउनका लागि आफूहरुले सक्रियतापूर्वक कार्य गरिरहेको बताउनुभएको थियो ।


नगरसभामा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले नगरसभाका बारेमा जानकारी गरानुभएको थियो ।
नगरसभामा टोखा नगरपालिकाका जनप्रतिनिधिहरुले नगरपालिकालाई नमूना र पर्यटकीय नगरपालिका बनाउन नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुले बढिभन्दा बढि सहकार्य र समन्वय गरेर कार्य गर्नुपर्ने बताउनुभएको थियो ।
नगरसभामा टोखा नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *