नागार्जुन नगरपालिकाको नगर सभा सम्पन्न, नगरपालिकाले पूर्वाधार विकास र पर्यटन प्रर्बनलाई प्राथमिकता दिएको नगर प्रमुख मोहन बहादुर बस्नेतको भनाई

१९ चैत्र २०७५ ।
काठमाडौं जिल्लाको नागार्जुन नगरपालिकाको विशेष नगर सभा सम्पन्न भएको छ । सो नगर सभा यहि २०७५ चैत्र १८ गते दिन सम्पन्न भएको थियो ।
नगरसभालाई संबोधन गर्नुहँुदै नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतले पूर्वाधार विकास, सामाजिक विकास र जनसरोकारका कामहरुलाई नगरपालिकाले प्राथमिकता दिएको बताउनुभएको थियो ।
नगरसभामा नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतले सडकबाटो निर्माण, ढल, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, फोहोरमैला व्यवस्थापन, वातावरण संरक्षण, पर्यटन प्रबद्र्धन, साँस्कृतिक सम्पदाहरुको संरक्षण, व्यवस्थापन, महिला, बालबालिका, जेष्ठ नागरिक, नगरपालिका कार्यालय तथा वडा कार्यालयहरुको भवन निर्माण, बत्ति जडान तथा मर्मत्, सिसी क्यामेरा जडान, संघीय सरकारको अनुदानमा सञ्चालित योजना तथा कार्यक्रम, प्रदेश स्तरीय कार्यक्रम, स्थानीय पूर्वाधार विकास कार्यक्रम, नगरस्तरीय कार्यक्रम, वडा स्तरीय कार्यक्रम लगायत पूर्वाधार विकास र सेवा प्रवाहका क्षेत्रमा नगरपालिकाले गरिरहेका कामहरुको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतले नगरको समग्र विकासमा लाग्न नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु र नगरबासीहरुलाई आग्रह पनि गर्नुभएको छ ।
नगरसभामा नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेतले नगरपालिकाले संघीय सरकार र प्रदेश सरकारसंग सहकार्य र समन्वय गरेर कार्य गरिरहेको पनि बताउनुभएको थियो ।


नगरसभामा नागार्जुन नगरपालिकाका उप-प्रमुख सुशिला अधिकारीले नगरपालिकाले गरिरहेका कामहरुको बारेमा जानकारी दिनुभएको थियो ।

 

नगरसभामा नागार्जुन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले नगरसभाका बारेमा जानकारी गरानुभएको थियो ।


नगरसभामा प्रतिनिधिसभा सदस्यहरु कृष्ण गोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठ र रामवीर मानन्धरले नगरको समग्र विकासका लागि एकताबद्ध भएर कार्य गर्न नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरुलाई आग्रह गर्नुहुँदै नगरको विकास र व्यवस्थापनका लागि आफूहरुले सक्दो सहयोग गर्ने बताउनुभएको थियो ।


नगरसभामा नेपाली कांग्रेस नागार्जुन नगरपालिकाका नेता धर्मराज गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नागार्जुन नगरपालिकाका नेता प्रकाश रिमालले नगरपालिकाको समग्र विकासका लागि एकीकृत योजना निर्माण गरी योजनाबद्ध ढंगले कार्य गर्नुपर्ने बताउनुभएको थियो ।
नगरसभामा महानगरीय प्रहरी बृत स्वयम्भुका प्रमुख सुधिर शाहीले नगरपालिका र प्रहरीबीचको सहकार्य र समुदाय प्रहरी साँझेदारीका सम्बन्धमा जानकारी गराउनुभएको थियो ।
नगरसभामा नारायण गोपाल प्रतिष्ठानका संरक्षक दिनबन्धु पोखरेलले नागार्जुन नगरपालिकालाई धार्मिक पर्यटकीय नगरपालिका बनाउनुपर्ने बताउनुभएको थियो ।
नागार्जुन नगरपालिकाको प्रशासन शाखाका प्रमुख नारायण तिमिल्सिना र कानुन शाखाका प्रमुख भुवन गिरीले नगरपालिकाले नगरबासीको माग र चाहना बमोजिमका योजनाहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउनुभएको छ ।
नगरसभामा प्रतिनिधिसभाका सदस्यहरु, नागार्जुन नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायत सरोकारवाला निकायका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।