विश्व वातावरण दिवसको अवसरमा टोखा नगरपालिकामा विशेष कार्यक्रम सम्पन्न, नगरपालिकाले वातावरण संरक्षणका लागि आवश्यक कार्य गरिरहेको नगर प्रमुख प्रकाश अधिकारीको भनाई

२२ जेष्ठ २०७६
काठमाडौं जिल्लाको टोखा नगरपालिकाले विश्व वातावरण दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ । टोखा नगरपालिका कार्यालय परिषरमा आयोजित सो कार्यक्रमको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुँदै वातावरण संरक्षणलाई नगरपालिकाले विशेष प्राथमिकता दिएको बताउनुभएको थियो ।
नगरपालिकाले स्वच्छ वायु, स्वस्थ जीवन भन्ने नाराका साथ वातावरण संरक्षणका लागि कार्य गरिरहेको बताउदै नगरपालिकाले सरसफाई र वातावरण क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरिरहेको नगर प्रमुख अधिकारीले बताउनुभयो ।
टोखा नगरपालिका नगरलाई समृद्ध बनाउन लागि परेको बताउदै नगर प्रमुख अधिकारीले हरियाली प्रवद्र्धन गरी नगरलाई स्वच्छ, सफा र हराभरा बनाउन नगरपालिका लागि परेको नगर प्रमुख प्रकाश अधिकारीले बताउनुभएको थियो ।


कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, वडा अध्यक्षहरु जोक प्रसाद नेपाल, मधुसुदन पाण्डे, जगन्नाथ ढकाल लगायतले वातावरण संरक्षणका लागि वडा र समग्र नगरलाई नैं हरियाली बनाउन नगरपालिका लागिपरेको बताउनुभएको थियो ।
टोखा नगरपालिकाका नगर कार्यपालिका सदस्य एवम् वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक कल्पना घिमिरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा टोखा नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु र वातावरणको क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनिधिहरु, विद्यालयका शिक्षक तथा विद्यार्थीहरु र नगरबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।