तारकेश्वर नगरपालिकाको नगर सभा एवम् पाचौं अधिवेशन सम्पन्न, नगरलाई समृद्ध र नमूना नगरपालिका बनाइने नगर प्रमुख रामेश्वर बोहराको भनाई  

 

६ असार काठमाडौं ।
तारकेश्वर नगरपालिकाको नगर सभा एवम् पाचौं अधिवेशन सम्पन्न भएको छ । २०७६ असार ६ गते शुक्रबारका दिन तारकेश्वरको मनमैजुमा भएको सो नगर सभाको प्रतिनिधिसभा सदस्य रामविर मानन्धरले उद्घाटन गर्नुभएको थियो ।
नगर सभामा तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले नगरपालिकाले पूर्वाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, पशु, वातावरण संरक्षण, जलश्रोत, विपद व्यवस्थापन, समावेशी विकास, सुशासन, पर्यटन प्रवद्र्धन, युवा, खेलकूद र सञ्चार क्षेत्रलाई प्राथमिकता दिएको बताउनुभएको थियो ।
सो अवसरमा नगर नगर प्रमुख रामेश्वर बोहराले तारकेश्वर नगरपालिकालाई समृद्ध र नमूना नगरपालिका बनाउन नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु लागिपरेको बताउदै नगरको समग्र विकासका लागि सहयोग गर्न नगरबासीहरुललाई आग्रह गर्नुभएको थियो ।
तारकेश्वर नगरपालिकालाई पर्यटकीय र साँस्कृतिक नगरपालिका बनाउनका लागि पहल भैरहेको पनि बताउनुभएको छ ।
नगरपालिकाले संघीय सरकार, प्रदेश सरकार, जिल्ला समन्वय समिति र काठमाडौं महानगरपालिकासंगको सहकार्य गरेर कार्य गरिरहेको पनि नगर प्रमुख बोहराले बताउनुभएको थियो ।
नगर सभामा तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
नगर सभामा तारकेश्वर नगरपालिकाका उप-प्रमुख भवानी डोटेल धितालले नगरपालिकाको आगामी आर्थिक बर्ष २०७६र०७७ को लागि १ अर्ब १७ करोड ७८ लाख ४८ हजार रुपैंयाँको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
तारकेश्वर नगरपालिकाका उप-प्रमुख भवानी डोटेल धितालले तारकेश्वर नगरपालिकालाई समृद्ध र नमूना नगरपालिका बनाउन जनप्रतिनिधि र कर्मचारीहरु एकजुट भएर लागेको पनि बताउनुभएको थियो ।


तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरामणि सुवेदीले नगरबासीहरुले माग गरेका योजनाहरुलाई नगरपालिकाले प्राथमिकता दिएर कार्य गरिरहेको बताउदै नगरपालिकाले चालु आर्थिक बर्षमा सञ्चालन गरेका ९० प्रतिशत योजनाहरु सम्पन्न भएको जानकारी गराउनुहुदै चालु आर्थिक बर्षको असार मसान्तसम्ममा शतप्रतिशत योजनाहरु सम्पन्न गर्ने उद्देश्यका साथ नगरपालिकाले कार्य गरिरहेको बताउनुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले नगरको विकास र समृद्धिका लागि जिससले सक्दो पहल गरिरहेको बताउदै तारकेश्वर नगरपालिकाको भवन निर्माणका लागि जिससले सहयोग गर्ने बताउनुभएको थियो
कार्यक्रममा तारकेश्वर नगरपालिका शिक्षा शाखाका उपसचिव होमनाथ न्यौपाने, प्रशासकीय अधिकृत सुदर्शन खनाल नगरसभाबाट पारित योजनाहरुको प्रभावकारी कार्यान्वयनमा नगरपालिकाले विशेष ध्यान दिएर कार्य गरिरहेको बताउदै चालु आर्थिक बर्षमा सञ्चालित योजनाहरु कार्यान्वयनको अवस्था उत्साहजनक रहेको बताउनुहुन्छ ।
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य रामबिर मानन्धर र प्रदेश नं.३ का सदस्य योगेन्द्र संग्रौलाले तारकेश्वर नगरपालिकाको समग्र विकास र व्यवस्थापनका लागि आफूहरुले सक्दो सहयोग गरिरहेको बताउदै आगामी दिनमा पनि नगरको समग्र विकास र नगरलाई समृद्ध बनाउनका लागि पहल गर्ने बताउनुभएको थियो
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रवक्ता बिदुर सापकोटा, वडा नं. ३ का वडा अध्यक्ष मनोहरि तिवारी र वडा नं. ६ वडा अध्यक्ष मधु कार्की र कर्मचारी राजु तिमिल्सिनाले नगरको विकासका लागि जनप्रतिनिधि र कर्मचारीहरुले एकजुट भएर कार्य गरिरहेको बताउदै नगरलाई समृद्ध बनाउन आफूहरु लागि परेको बताउनुभएको थियो ।
नगरपालिकाले वडा कार्यालयहरुलाई पर्याप्त बजेटको व्यवस्था गरी वडाबाट हुने कामहरुलाई छिटो, छरितो र प्रभावकारी बनाएको जनाएको छ ।
साविकका साङ्ला, काभ्रेस्थली, जितपुरफेदी, गोलढुंगा, धर्मस्थली, फुटुङ र मनमैजु गाविसलाई समेटेर २०७१ साल मंसिर १६ गते नेपाल सरकारले तारकेश्वर नगरपालिका स्थापना गरेको थियो । प्रशासनिक विभाजन अनुसार हाल तारकेश्वर नगरपालिकामा ११ वटा वडा कार्यालयहरु रहेका छन् ।