कागेश्वरी मनोहरा ७ मा स्थापित मनोरम बचत तथा ऋण सहकारी संस्थाद्धारा सेवा प्रारम्भ

 

२४ असार काठमाडौं ।
काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ मा रहेको मनोरम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवा प्रारम्भ गरेको छ ।
सहकारीले कागेश्वरी मनोहरा नगरपालिकाको वडा ७ विरेन्द्र चोकमा कार्यालय स्थापना गरी सेवा प्रारम्भ गरेको सहकारीका अध्यक्ष सुरेश दाहालले जानकारी दिनुभएको भएको छ ।
सहकारीले बाल बचत, जेष्ठ नागरिक बचत, नारी बचत, दैनिक बचत, मासिक बचत लगायत विभिन्न बचतका कार्यक्रमहरु पनि शुरु गरिसकेको छ ।
सहकारीले शेयरधनीहरुलाई बढि भन्दा बढि प्रतिफल दिने गरी कार्य गरिरहेको सहकारी संस्थाका अध्यक्ष दाहालले जानकारी दिनुभएको छ ।
शेयर सदस्यहरुको हितलाई ध्यानमा राखेर सहकारीले कार्य शुरु गरेको जानकारी दिदै संस्थाका अध्यक्ष दाहालले सहकारीले आर्थिक विकास, रोजगारी सिर्जना र शिक्षा क्षेत्रमा कार्य गर्ने उद्येश्यका साथ कार्य गरिरहेको पनि बताउनुभएको छ ।