मदन आश्रित प्राविधिक शिक्षालयद्धारा राहत कोषमा ५१ हजार रुपैंयाँ सहयोग गर्ने प्रतिबद्धता

२२ चैत्र काठमाडौं ।
मदन आश्रित प्राविधिक शिक्षालयले कोरोना भाइरस (COVID-19) रोकथाम, नियन्त्रण तथा राहत कोषमा सहयोग गर्ने भएको छ ।

मदन आश्रित प्राविधिक शिक्षालयका अध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता प्रदिप नेपालले कागेश्वरी मनोहरा नगरपालिकाको कोरोना भाइरस (COVID-19) रोकथाम, नियन्त्रण तथा राहत कोषमा ५१ हजार रुपैंयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा स्थापित मदन आश्रित प्राविधिक शिक्षालय हाल कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ मा रहेको छ ।

मदन आश्रित प्राविधिक शिक्षालयमा हाल सब ओभरसियर, विभिन्न तालिम, होटेल मेनेजमण्ट, पशु विज्ञान र सर्बे इन्जिनियर लगायत विभिन्न विषय पढाई हुने गरेको र शिक्षालयमा हाल ४ सय ५० जना विद्यार्थीहरु अध्ययनरत रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता सन्तोष खड्काले जानकारी दिनुभएको छ ।