टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीद्धारा नयाँ बर्षको शुभकामना, कोरोनासंग लड्ने शक्ति प्राप्त होस् भन्ने कामना

वैशाख १ काठमाडौं ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नयाँ बर्ष २०७७ को अवसरमा शुभकामना दिनुहुदै नयाँ बर्षले विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (COVID-19) संग लड्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।
विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (COVID-19) को रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश मुलुकहरुले लकडाउन गरिरहेको र नेपालमा पनि लकडाउन भैरहेको वर्तमान अवस्थामा कोरोना को संक्रमण भित्रिन नदिन नगरपालिकाले आवश्यक कार्य गरिरहेको पनि बताउनुभएको छ ।

टोखा नगरपालिकामा हालसम्म विदेशबाट आएका कुनैपनि नागरिकमा कोरोना संक्रमण नदेखिएको जानकारी गराउदै नगर प्रमुख अधिकारीले विदेशबाट आएका नागरिकहरुको जनप्रतिनिधिहरुको निगरानीमा घरमै क्वारेन्टाइनमा बस्ने र स्वास्थ्य परिक्षणको व्यवस्था मिलाइएको पनि जानकारी गराउनुभएको छ ।
नगरपालिकाले नगर क्षेत्रभित्र बसोबास गर्ने विपन्न नागरिकहरुलाई आवश्यक राहत बितरण गरेको जानकारी गराउदै यदि कोही नागरिक अप्ठ्यारोमा परेको भएमा वडा अध्यक्षहरुलाई सम्पर्क गर्न नगर प्रमुख अधिकारीले आग्रह गर्नुभएको छ ।
नगर प्रमुख प्रकाश अधिकारीले सन्देशमा लकडाउनको पूर्ण रुपमा पालना गर्न पनि नगरबासीहरुलाई आग्रह गर्नुभएको छ ।

यसैबीच टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया डंगोल र प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेलले नयाँ बर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिदै सम्पूर्ण नगरबासी, देशबासी तथा विदेशमा रहनुहुने आमा बुबा, दिदिबहिनी तथा दाजुभाईहरुमा सु स्वास्थ्य, दिघायु तथा सफलताको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *