निराकार सरसफाई सेवा लकडाउनमा पनि फोहोरमैला व्यवस्थापमा सक्रिय

२३ वैशाख २०७७ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ मा रहेको निराकार सरसफाई सेवा फोहोरमैला व्यवस्थापन कार्यमा सक्रिय भएर लागेको छ ।
निराकार सरसफाई सेवा प्रालिका अध्यक्ष गिता कार्कीले वर्तमान संकटपूर्ण अवस्थामा पनि फोहोरमैला व्यवस्थापन कार्यलाई निरन्तरता दिइएको बताउनुभयो ।
विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण र राहत बितरणमा सहयोग पुगोस भनेर संस्थाले कागेश्वरी मनोहरा नगरपालिकाका वडाहरु, चोकहरु र खाना खुवाउने ठाउँहरुमा किट्नाशक औषधी पनि छरिरहेको अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
निराकार सरसफाई सेवा प्रालिले हाल कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५, ६, ७, ८ र ९ मा फोहोरमैला व्यवस्थापन कार्य गर्दै आएको र आवश्यक्ता अनुसार यी वडाहरु भन्दा बाहिरका अन्य स्थानको पनि फोहोरमैला व्यवस्थापन गर्ने गरिएको अध्यक्ष कार्कीले जानकारी दिनुभएको छ ।