टोखा नगरपालिकामा विकास निर्माणका कामहरु तिब्र रुपमा संचालन, नगर प्रमुख अधिकारीद्धारा नियमित रुपमा अनुगमन

१ कार्तिक २०७७ ।
काठमाडौंको टोखा नगरपालिकामा विकास निर्माणका कामहरु तिब्र रुपमा सञ्चालन भैरहेका छन् ।
विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) का बाबजुत पनि नगर प्रमुख प्रकाश अधिकारीको विशेष पहलमा नगरभित्र विकास निर्माणका कामहरु तिब्र रुपमा सञ्चालन भैरहेका छन् ।
नगर प्रमुख अधिकारीले नगरमा भैरहेका विकास निर्माणका कामहरुको नियमित रुपमा अनुगमन गरी गुणस्तरीय बनाउन लागिपर्नुभएको छ ।
नगर प्रमुख अधिकारीले स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरी विकास निर्माणका कामहरु सञ्चालन गरिएको बताउनुभएको छ ।
टोखा नगरपालिका कोभिडको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनमा लागिपरेको बताउदै नगर प्रमुख अधिकारीले कोभिडलाई समूदायस्तरमा फैलिन नदिन सबै जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरु लागिपरेको पनि बताउनुभयो ।
टोखा नगरपालिकाले नगरबासीहरुलाई प्रत्यक्ष लाभ पुग्ने खालका योजनाहरुलाई प्राथमिकतापूर्वक सञ्चालन गरिरहेको नगर प्रमुख अधिकारीको भनाई छ ।
नगरपालिकाले कोभिड १९ को रोकथाम, नियन्त्रण र व्यवस्थापनका साथै पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, खानेपानी, संस्कृति तथा सम्पदा संरक्षण, पर्यटन प्रबद्र्धन लगायतका क्षेत्रमा बजेट बिनियोजन गरि कार्य गरिरहेको नगर प्रमुख अधिकारीले बताउनुभएको छ ।
टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल, प्रमुख प्रकासकीय अधिकृत प्रदिप पौडेल, प्रवक्ता बच्चु बस्याल, वडा अध्यक्षहरु लगायत सम्पूर्ण जनप्रतिनिधिहरु कोभिड १९ को रोकथाम तथा नियन्त्रण र व्यवस्थापनको साथ साथै नगरको समग्र विकास र समृद्धिका लागि सक्रिय भएर लाग्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *