कागेश्वरी मनोहरामा मंसिर २१ गतेदेखि विद्यालय खुल्ने

१७ मंसिर २०७७ ।
कागेश्वरी मनोहरा नगरपालिकामा यहि मंसिर २१ गतेदेखि विद्यालयहरु खुल्ने भएका छन् ।
कोरोना भाइरसको जोखिम बढि भएका वडा नं. ६ र ९ बाहेकका वडाहरुमा भएका विद्यालयहरु खुल्ने भएका हुन् ।
नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा आज बसेको नगर कार्यपालिका बैठकले स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरी यहि मंसिर २१ गतेदेखि वडा नं. ६ र ९ बाहेकका वडामा भएका विद्यालयहरु स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरी खोल्ने निर्णय गरेको हो ।
वडा नं. ६ र ९ मा भएका सामुदायिक र संस्थागत शिक्षण संस्था सम्बन्धित वडा समिति वा वडा शिक्षा समितिको सिफारिसमा पछी सञ्चालन गर्ने पनि बैठकले निर्णय गरेको छ ।
बैठकले नगर सभाको अर्धबार्षिक समीक्षासहित नीति, कार्यक्रम तथा बजेट संशोधनका लागि आगामी पौष २७ देखि २९ गतेसम्म नगर सभा गर्ने कार्यपालिका बैठकले निर्णय गरेको नगर प्रमुख कृष्णहरि थापाले बताउनुभएको छ ।
बैठकले विश्वभर महामारीको रुपमा रहेको कोभिडको रोकथाम, नियन्त्रण र व्यवस्थापनमा पनि तदारुकताका साथ कार्य गर्ने निर्णय गरेको छ ।
विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरी विद्यालय खोलिने नगर प्रमुख कृष्णहरि थापाको भनाई छ ।
कागेश्वरी मनोहरा नगरपालिकाको आज सम्पन्न नगर कार्यपालिका बैठकले गरेका निर्णयहरु देहाय बमोजिम रहेका छन् ।