सुदुरपश्चिम प्रदेशको विकास र समृद्धिका लागि आर्थिक मामिला मन्त्री बोहरा सक्रिय

२६ मंसिर २०७७ ।
सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा सुदुरपश्चिम प्रदेशको समग्र विकास र समृद्धिका लागि सक्रिय भएर लाग्नुभएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले सुदुरपश्चिमबासीको चाहना बमोजिम कार्य गरिरहेको बताउदै मन्त्री बोहराले आर्थिक विकासका लागि आयआर्जनका कार्यक्रम र स्वरोजगारमूलक कार्यक्रमहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउनुभयो ।
मन्त्रालयले प्रदेशमा भौतिक पूर्वाधारको विकासका साथ साथै पर्यटन प्रवद्र्धन, स्थानीय कला संस्कृतिको संरक्षण, विकास निर्माण र सेवा प्रवाहका कामहरुलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको मन्त्री बोहराको भनाई छ ।
मन्त्रालयले संघीय सरकार र स्थानीय तहहरुसंग सहकार्य र समन्वय गरेर कार्य गरिरहेको सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा बताउनुहुन्छ ।
संघीय उद्योग, बार्णिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पनि सुदुरपश्चिम प्रदेशको विकास र समृद्धिका लागि सक्दो पहल गरिरहेको मन्त्री बोहराले बताउनुभएको छ ।