तारकेश्वर नगरपालिकाको प्रशासकीय भवन निर्माणको शिलान्यास सम्पन्न

१ पौष २०७७ ।
काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रशासकीय भवन निर्माणको आज शिलान्यास गरिएको छ ।

तारकेश्वरमा आज आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्य र तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले संयुक्त रुपमा नगरपालिकाको प्रशासकीय भवन निर्माणको शिलान्यास गर्नुभएको हो ।

सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले जिससले काठमाडौंका सबै पालिकाहरुलाई प्रशासकीय भवन निर्माणका लागि सहयोग गरिरहेको बताउदै भवन निर्माण पछी नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाह र विकास निर्माणका कार्यहरुलाई तिब्र र प्रभावकारी बनाउन सहज हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जिसस काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यले तोकिएकै समयमा भवन निर्माण कार्य सम्पन्न गर्न नगरपालिका र ठेकेदार कम्पनीलाई आग्रह पनि गर्नुभएको थियो ।

कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले भवन निर्माण कार्य तोकिएको समय भन्दा अगाडी नैं भवन निर्माण कार्य सम्पन्न गर्नका लागि आफूले हरसंभव प्रयास गर्ने बताउदै भवन निर्माण कार्यलाई गुणस्तरीय बनाउन नगरपालिकाले नियमित रुपमा अनुगमन गर्ने बताउनुभएको थियो ।

नगर प्रमुख बोहराले नगरपालिकाको समग्र विकास र समृद्धिका लागि नगरपालिका लागिपरेको बताउदै निर्वाचनका बेला गरेका प्रतिबद्धता बमोजिम नगरबासीहरुको हितका लागि आफूले कार्य गरिरहेको पनि बताउनुभएको थियो ।
सो अवसरमा नगर प्रमुख बोहराले पूर्बाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, वातावरण, विपद् व्यवस्थापन, पर्यटन, कृषि, पशु, वन, सुशासन, सेवा प्रवाह, सूचना प्रविधि, सम्पदा तथा संस्कृति संरक्षण, शहरीकरण व्यवस्थापन लगायतका क्षेत्रलाई प्राथमिकता दिएर नगरपालिकाले कार्य गरिरहेको पनि बताउनुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका उपप्रमुख सरिता दाहाल र जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारीले जिससले काठमाडौंका सबै पालिकाहरुको प्रशासकीय भवन निर्माणका लागि सहयोग गरिरहेको बताउदै काठमाडौं जिल्लाको समग्र विकास र समृद्धिका लागि सबै पालिकाहरुसंग समन्वय गरेर कार्य गरिरहेको बताउनुभएको थियो ।

कार्यक्रममा तारकेश्वर नगरपालिकाका उपप्रमुख भवानी डोटेल धिताल र प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्सालले नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य तोकिएको समय अगावै सम्पन्न गर्नका लागि नगरपालिका प्रयासरत रहेको बताउदै समग्र नगरको विकास र सेवा प्रवाहका कामहरुलाई सहज रुपमा सञ्चालन गर्न भवन निर्माण पछी महत्वपूर्ण सहयोग पुग्ने बताउनुभएको थियो ।

कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रवक्ता बिदुर सापकोटा र वडा नं. ६ का वडा अध्यक्ष मधु कार्कीले भवन निर्माणका विविध विषयमा प्रकाश पानुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्य र तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहराले तारकेश्वर नगरपालिकाद्धारा प्रकाशित तारकेश्वरका गतिबिधि समेटिएको बुलेटिन सार्वजनिक गर्नुभएको थियो ।
कूल १७ करोड १ लाख ५० हजार रुपैंयाँको लागतमा निर्माण हुन लागेको तारकेश्वर नगरपालिकाको प्रशासकीय भवनको निर्माणका लागि जिल्ला समन्वय समिति काठमाडौंले १० करोड रुपैंयाँ उपलब्ध गराउने छ र भने बाँकी रकम तारकेश्वर नगरपालिकाले ब्यहोर्ने छ ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *