श्रीकृष्ण प्रणामी युवा परिषद्को ३० औं बार्षिकोत्सव सम्पन्न

१९ माघ २०७७ ।
श्रीकृष्ण प्रणामी युवा परिषद्को ३० औं बार्षिकोत्सव सम्पन्न भएको छ । परिषद्ले स्थापना दिवस ३ दिनसम्म विविध कार्यक्रम गरी मनाएको परिषद्का अध्यक्ष नमराज ढकालले जानकारी दिनुभयो ।
परिषद्ले यहि माघ १६, १७ र १८ गते बार्षिकोत्सवका अवसरमा काठमाडौं लगायत मुलुकभर विविध कार्यक्रम आयोजना गरेको थियो ।
परिषद्ले यहि माघ १६ गते देशभर केन्द्र र जिल्ला शाखाहरुमार्फत् मन्दिर तथा सार्वजनिक स्थलहरु सरसफाई गरेको छ ।


त्यसैगरी १७ गते जिल्ला जिल्लामा रक्तदान कार्यक्रम र केन्द्रमा श्रीकृष्ण मन्दिर नवतनधाम धामबासी अक्षयकोष दाताको स्मृतिमा एक दिवसीय एकाहा पाठ गरिएको श्रीकृष्ण प्रणामी युवा परिषद्का अध्यक्ष नमराज ढकालले जानकारी दिनुभयो ।

त्यसैगरी यहि माघ १८ गते केन्द्रमा बीर अस्पतालमा उपचाररत १ सय ५० जना बिरामीहरुलाई फलफुल तथा बिस्कुट बितरण गरिएको पनि अध्यक्ष ढकालले जानकारी दिनुभयो ।