कागेश्वरी मनोहराको थलीमा रहेको कान्ति भैरब मा.वि.को अत्याधुनिक भवन शिलान्यास

७ माघ २०७७ ।

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं.५ थलीमा रहेको श्री कान्ति भैरब माध्यमिक विद्यालयको अत्याधुनिक भवन बन्ने भएको छ ।
विद्यालयको सो भवनको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापा र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञावलीले आज उद्घाटन गर्नुभयो ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै नगर प्रमुख थापाले नगरपालिकाले शिक्षालाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउदै नगरपालिका बालबालिकाको हक अधिकार सुनिश्चित प्रतिबद्ध रहेको बताउनुभएको थियो ।
नगरपालिकाले पूर्वाधार विकास, सामाजिक विकास, स्वास्थ्य, वातावरण संरक्षण लगायत नगरबासीसंग प्रत्यक्ष सरोकार राख्ने कामहरुलाई प्राथमिकतापूर्वक सञ्चालन गरिरहेको बताउदै नगर प्रमुख थापाले विद्यालय भवन निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञावलीले सामूदायिक विद्यालयको भवन निर्माणका लागि प्राधिकरणले आवश्यक सहयोग गरिरहेको बताउदै भविष्यका कर्णधार बालबालिकाको शैक्षिक विकास र पठन पाठनका लागि शिक्षाको गुणस्तर बढाउनका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा संविधानसभा सदस्य दिपक कुइकेल, कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रवक्ता राजाराम पुडासैनीले लगायतले कान्ति भैरब माध्यमिक विद्यालयको भवन निर्माण पछी शैक्षिक विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताउदै विद्यालय भवन निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताउनुभएको थियो ।
भारत सरकारको सहयोगमा बन्न लागेको सो विद्यालय भवन नेपालकै नमूना, भव्य र ऐतिहासिक हुनेछ ।
कार्यक्रममा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका कर्मचारीहरु, नेपालस्थित भारतीय दूतावासका कर्मचारीहरु, कागेश्वरी मनोहरा नगरपालिकाका कर्मचारीहरु, विद्यालयका शिक्षक तथा विद्यार्थीहरु लगायत शिक्षा क्षेत्रसंग सम्बन्धित व्यक्तिहरुको सहभागिता रहेको थियो ।