सर्बोच्चद्धारा संसद पुनस्थापना गर्ने ऐतिहासिक फैसला, ठाउँ ठाउँमा दिपावली

११ माघ २०७७ ।
सर्बोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्ने ए्ेतिहासिक फैसला गरेको छ । प्रतिनिधिसभा बिघटन गर्ने सरकारको निर्णयलाई असंबैधानिक ठहर गर्दै सर्बोच्चले प्रतिनिधिसभा पुनस्थापनाको फैसला गरेको हो ।

सर्बोच्चले प्रतिनिधिसभा बिघटन असंबैधानिक ठहर गर्दै संसद बैठक आगामी १३ दिनभित्र बोलाउन आदेश पनि दिएको छ । प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संबैधानिक इजलाशले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसलाको सर्बत्र स्वागत भएको छ ।

प्रतिनिधिसभा पुनस्थापना गर्ने सर्बोच्चको फैसलाको नेकपा ओली समूह बाहेक नेपाली कांग्रेस, नेकपा प्रचण्ड माधव समूह लगायत विभिन्न राजनीतिक दलले समर्थन गरेका छन् । संसद पुनस्थापनाको खुशियालीमा राजधानी काठमाडौं लगायत मुलुकभर नागरिकहरुले खुशियाली मनाएको छन् । स्थानीय तहका वडा वडामा पनि नागरिकहरुले खुशियाली मनाएका छन् ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका वडाहरुमा पनी खुशियाली मनाइएको छ । नेपाली कांग्रेस, नेकपा प्रचण्ड माधव समूहका नेता तथा कार्यकर्ताहरुले सर्बोच्च अदालतको फैसलाको स्वागत गर्दै दिपावली गरेका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ मा भएको दिपावलीमा वडा अध्यक्ष जीवन थापा, नेकपा ७ नं.वडा कमिटी अध्यक्ष अमरचन्द्र बोहरा लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *