टोखालाई बालमैत्री बनाउन नगर बाल अधिकार समिति सक्रिय

८ वैशाख २०७८ ।

टोखा नगरपालिकालाई बालमैत्री बनाउन नगर बाल अधिकार समिति सक्रिय भएर लागेको छ ।
नगर उपप्रमुख ज्ञानमाया डंगोलको अध्यक्षतामा रहेको नगर बाल अधिकार समिति समग्र नगरलाई बालमैत्री बनाउन लागिपरेको उपप्रमुख डंगोलले बताउनुभयो ।
वडा वडामा वडास्तरीय बाल अधिकार समिति गठन गरी बालमैत्री बनाउने कार्य भैरहको बताउदै उपप्रमुख ज्ञानमाया डंगोलले टोखा नगरपालिकाका सबै वडाहरुमा बालमैत्री स्थानीय शासन सम्बन्धी कार्यहरु भैरहेको पनी जानकारी दिनुभयो ।

नगर प्रमुख प्रकाश अधिकारी लगायत नगरका जनप्रतिनिधिहरु नगरलाई बालमैत्री बनाउन लागिपरेको बताउदै उपप्रमुख डंगोलले नगरपालिकालाई बालमैत्री बनाउने अभियानमा सहयोग गर्न सरोकारवालाहरुलाई आग्रह पनी गर्नुभएको छ ।

टोखा नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणाका लागि भएका ३९ वटा सूचकहरु मध्ये अधिकांश सूचकहरु पुरा गरिसकेको र बाँकी सूचकहरु पुरा गर्नका लागी तदारुकताका साथ कार्य भैरहेको उपप्रमुख डंगोलको भनाई छ ।