टोखा न.पा.मा संचालित कम्प्युटर एकाउन्टिङ प्याकेज तालिम सम्पन्न

११ वैशाख २०७८ ।

टोखा नगरपालिकामा संचालित कम्प्युटर एकाउन्टिङ प्याकेज तालिम आज सम्पन्न भएको छ ।
टोखा नगरपालिकाको आयोजनामा युवाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले संचालित सो तालिमको आज नगर प्रमुख प्रकाश अधिकारीले समापन गर्नुभयो ।

सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले युवाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ नगरपालिकाले विभिन्न सिपमूलक तालिमहरु सञ्चालन गरिरहेको बताउनुभएको थियो ।
नगरपालिकाको समग्र विकास र समृद्धिलाई ध्यानमा राखेर नगरपालिकाले कार्य गरिरहेको बताउदै नगर प्रमुख अधिकारीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न सहभागीहरुलाई आग्रह गर्नुभएको थियो ।
तालिममा प्लस टु उत्रिर्ण गरेका युवा तथा विद्यार्थीहरु र स्नातक तह उत्रिर्ण गृहिणी महिलाहरुको सहभागिता रहेको टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले जानकारी दिनुभयो ।
गत चैत्र २२ गतेदेखी तालिम संचालन भएको थियो ।
कम्प्युटरका विविध विषयहरु, आयकर, भ्याट लगायत लेखा संग सम्बन्धीत विषयहरुलाई समेटेर सहभागीहरुलाई तालिम दिइएको उपप्रमुख डंगोलले बताउनुभयो ।
जुनसुकै बित्तिय संस्थामा पनी काम गर्नका लागी युवाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ नगरपालिकाले युवाहरुलाई तालिम दिएको उपप्रमुख डंगोलले जानकारी दिनुभयो ।टोखा नगरपालिका वडा नं.४ मा रहेको धापासी माध्यमिक विद्यालयमा २५ जना र वडा नं.३ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा २५ जना युवा तथा विद्यार्थीहरुलाई कम्प्युटर एकाउन्टिङ प्याकेज तालिम सञ्चालन गरिएको उपप्रमुख ज्ञानमाया डंगोलले बताउनुभयो ।कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य, वडा नं.५ का वडा अध्यक्ष जगन्नाथ ढकाल लगायत जनप्रतिनिधिहरु, कर्मचारीहरु लगायत युवाहरुको सहभागिता रहेको थियो ।