दक्षिणकाली न.पा.वडा नं.२ को वडा भवनको उद्घाटन कार्यक्रम सम्पन्न

१२ वैशाख २०७८ ।

दक्षिणकाली नगरपालिका वडा नं.२ को वडा कार्यालय भवनको उद्घाटन गरिएको छ ।

नेपाली कांग्रेसका नेता पूर्व मन्त्री एवम् प्रतिनिधिसभा सदस्य राजन केसीले सो वडा कार्यालय भवनको उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै प्रतिनिधिसभा सदस्य केसीले काठमाडौं क्षेत्र नं. १० को विकास र समृद्धिका लागी आफू लागिपरेको बताउनुभएको थियो ।

आफूले निर्वाचनमा गरेका प्रतिबद्धता बमोजिम कार्य गरिरहेको बताउदै केसीले दक्षिणकाली नगरपालिका क्षेत्रमा पूर्वाधार विकास, सामाजिक विकास, पर्यटन प्रबद्र्धन लगायत नगरको समग्र विकासका लागी दक्षिणकाली नगरपालिकासंग सहकार्य र समन्वय गरेर नगरबासीहरुको हितका लागी कार्य गरिरहेको पनी बताउनुभएको थियो ।

दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत नगरको समग्र विकास र समृद्धिका लागि सक्रिय भएर लाग्नुभएको छ ।
दक्षिणकाली नगरपालिकाले विकास निर्माण, शिक्षा, स्वास्थ्य, पर्यटन प्रबद्र्धन, कृषिको आधुनिकीकरण लगायतका क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरिरहेको नगर प्रमुख मोहन बस्नेतले बताउनुभएको छ ।

दक्षिणकाली नगरपालिकाले नगरबासीहरुसंग प्रत्यक्ष सरोकार राख्ने योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउदै नगर प्रमुख बस्नेतले नगरबासीहरुलाई सरल, सहज र प्रभावकारी रुपले नगरपालिकाले सेवा प्रवाह गरिरहेको पनी बताउनुभएको छ ।
विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट नगरबासीहरुलाई जोगाउन नगरपालिकाले अहोरात्र कार्य गरी सही व्यवस्थापन गरेको नगर प्रमुख मोहन बस्नेतको भनाई छ ।
नगरको समग्र विकास र समृद्धिका लागी आवश्यक सहयोग गर्न नगर प्रमुख मोहन बस्नेतले नगरबासीहरुलाई आग्रह पनि गर्नुभएको छ ।

दक्षिणकाली नगरपालिकाका उपप्रमुख बसन्ती तामाङ डंगोल न्यायिक समितिबाट भैरहेका कार्यहरुलाई व्यवस्थित बनाउन लागिपर्नुभएको छ ।दक्षिणकाली नगरपालिकाले वडा कार्यालयका भवनहरु निर्माण गर्ने कार्यलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउदै उपप्रमुख बसन्ती तामाङ डंगोलले २ नं.वडाको वडा कार्यालय भवन निर्माण संगैं वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहका कामहरुलाई व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनुभएको छ ।
विकास निर्माणका कामहरुलाई गुणस्तरीय र व्यवस्थित बनाउनका लागी नियमित रुपमा अनुगमन गर्ने गरिएको उपप्रमुख बसन्ती तामाङ डंगोल बताउनुहुन्छ ।

दक्षिणकाली नगरपालिकाका योजना, अनुगमन तथा प्रशासकीय अधिकृत दिपक कुमार केसी नगरपालिकाले विकास निर्माण र सेवा प्रवाहका कामहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउदै वडा कार्यालयको भवन निर्माणका लागी सक्दो सहयोग गरेको बताउनुहुन्छ ।

दक्षिणकाली नगरपालिकाले पूर्वाधार विकास, सामाजिक विकास, पर्यटन प्रबद्र्धन, बालमैत्री स्थानीय शासन, कृषिको आधुनिकीकरण लगायत नगरबासीहरुलाई प्रत्यक्ष राहत पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको दक्षिणकाली नगरपालिकाका योजना, अनुगमन तथा प्रशासकीय अधिकृत दिपक कुमार केसीले बताउनुभएको छ ।

कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं.२ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले वडा कार्यालयको भवन निर्माण कार्यलाई छिटो, छरितो र प्रभावकारी रुपले सम्पन्न गरिएको बताउदै वडा कार्यालयले विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रबद्र्धन लगायत वडाबासीहरुलाई प्रत्यक्ष लाभ पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउनुभएको थियो ।

दक्षिणकाली नगरपालिकाका नगर प्रवक्ता समेत रहनुभएका वडा नं.९ का वडा अध्यक्ष अम्ररिका बलामी नगरको समग्र विकास र समृद्धिका लागी नगरपालिकाका जनप्रतिनिधिहरु लागिपरेको बताउदै नगरपालिकाका साथै वडा कार्यालयले शिक्षा, स्वास्थ्य, विकास निर्माण, पर्यटन प्रवद्र्धन, कृषि लगायतका क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरिरहेको बताउनुहुन्छ ।

कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं.२ का जनपतिनिधिहरुले वडाको समग्र विकास र समृद्धिका लागी वडाका सबै जनप्रतिनिधिहरुले वडाबासीहरुसंग सहकार्य र समन्वय गरेर कार्य गरिरहेको बताउनुभएको थियो ।


कार्यक्रममा बागमती प्रदेशका प्रदेश सभा सदस्य पुकार महर्जन, दक्षिणकाली नगरपालिकाका जनप्रतिनिधिहरु, नेपाली कांग्रेस दक्षिणकाली नगरपालिका वडा २ नं. का इकाई सभापती रामकुमार बुढाथोकी, वडाका कर्मचारीहरु र वडाबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजन केसी, दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत, उपप्रमुख बसन्ती तामाङ डंगोल लगायतलाई मायाको चिनो पनी प्रदान गरिएको थियो । कार्यक्रममा भवन निर्माणका लागी सहयोग गर्ने उपभोक्ता समितिका पदाधिकारीहरुलाई सम्मान पनी गरिएको थियो ।