स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न नगरबासीलाई टोखा नगर प्रमुख अधिकारीको अपिल

१७ वैशाख २०७८ ।

टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले कोभिडको संक्रमणबाट बच्नका लागी स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गर्न नगरबासीहरुलाई अपिल गर्नुभएको छ ।

टोखा नगरपालिकाले कोभिडको संक्रमणबाट नगरबासीहरलाई बचाउनका लागी हरसंभव प्रयास गरिरहेको बताउदै नगर प्रमुख अधिकारीले नगरपालिकाले कोभिडको रोकथाम, व्यवस्थापन तथा नियन्त्रणका लागी आवश्यक कार्यहरु गरिरहेको बताउनुभएको छ ।
कोभिडबाट बच्नका लागी बढि भन्दा बढि सचेतना अपनाउन तथा स्वास्थ्य सम्बन्धी तोकिएको मापदण्ड परिपालना गर्न नगरबासीहरुलाई आग्रह गर्नुहुदै नगर प्रमुख प्रकाश अधिकारीले सार्वजनिक स्थानहरुमा भिडभाड नगरी निषेधाज्ञाको पूर्ण पालना गरी अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कीदिन पनी नगरबासीहरुलाई अपिल गर्नुभएको छ ।