टोखा चण्डेश्वरी आइसोलेशन केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग

२० जेठ २०७८ ।

टोखा नगरपालिकाले सञ्चालन गरिरहेको टोखा चण्डेश्वरी आइसोलेशन केन्द्रलाई सहयोगी मनहरु नामक संस्थाले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
सहयोगी मनहरु नामक संस्थाका पदाधिकारीले स्वास्थ्य सामाग्री टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीलाई हस्तान्तरण गरेका थिए ।
इजरायलमा कार्यरत श्रमिकहरुको सहयोगमा संकलन गरिएको पञ्जा, स्यानिटाइजर, मास्क, अक्सिजन कन्सन्ट्रटर लगायतका स्वास्थ्य सामाग्रीहरु नगर प्रमुख अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।
सो स्वास्थ्य सामाग्रीहरु नगर प्रमुख अधिकारीले नगरपालिकाले सञ्चालन गरिरहेको टोखा चण्डेश्वरी आइसोलेशन केन्द्रलाई हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा नगर प्रमुख अधिकारीले स्वास्थ्य समाग्री सहयोग गरेकोमा सहयोगी धन्यवाद दिनुभएको थियो ।
सो अवसरमा टेखा नगरपालिकाका वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु र वडा सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।