रेडक्रसद्धारा टोखा चण्डेश्वरी आइसोलेशन केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग

२० जेठ २०७८ ।

टोखा नगरपालिकाले सञ्चालन गरिरहेको टोखा चण्डेश्वरी आइसोलेशन केन्द्रलाई नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

रेडक्रसका प्रतिनिधिले स्वास्थ्य सामाग्री टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोललाई हस्तान्तरण गरेका थिए ।
सो अवसरमा उपप्रमुख डंगोलले सो स्वास्थ्य सामाग्रीहरु नगरपालिकाले सञ्चालन गरिरहेको टोखा चण्डेश्वरी आइसोलेशन केन्द्रलाई हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा उपप्रमुख डंगोलले स्वास्थ्य सामाग्रीहरु सहयोग गरेकोमा रेडक्रसलाई धन्यवाद दिनुभएको थियो ।