कागेश्वरी मनोहरा न.पा.ले ३ स्थानबाट कोभिड बिरुद्धको खोप लगाउने

२१ जेठ २०७८ ।

कागेश्वरी मनोहरा नगरपालिकाले नगरका ३ स्थानबाट कोभिड बिरुद्धको खोप लगाउने भएको छ ।

नगरपालिकाले वडा नं.२ मा रहेको आलापोट स्वास्थ्य चौकी, ६ नं. वडामा रहेको मुलपानी नगर अस्पताल र ९ नं. वडामा रहेको गोठाटार स्वास्थ्य चौकीमा चाइनिज भेरोसिल खोपको पहिलो डोज लगाउने नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।
नगरपालिकाले ६० देखी ६४ बर्ष उमेर खुलेको परिचय पत्र लिएर मात्र कोभिड बिरुद्धको खोप लगाउनका लागि आउनुहुन सरोकारवालाहरुलाई आग्रह गरेको छ ।
यसैबीच नगर प्रमुख कृष्णहरि थापाले चाइनिज भेरोसिल खोपको पहिलो डोज लगाउन आउनेलाई व्यवस्थित गर्न नगर स्वास्थ्य शाखालाई निर्देशन दिनुभएको छ ।
सो खोपहरु यहि जेठ २५ गतेदेखि २९ गते सम्म बिहान १० बजेदेखी ४ बजेसम्म लगाइने नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख थापाले नगरपालिकाका वडा अध्यक्षहरु, स्वास्थ्य शाखाका कर्मचारीहरु र स्वास्थ्यकर्मीहरुसंग छलफल गरी खोप लगाउने कार्यलाई व्यवस्थित बनाउन निर्देशन दिनुभएको नगर स्वास्थ्य सह संयोजक एवम् कोभिड फोकल पर्शन लक्ष्मी कोइरालाले जानकारी दिनुभयो ।