कांग्रेस सभापति देउवाद्धारा अमेरिकी राष्ट्रपति बाइडेनलाई धन्यबाद् व्यक्त

२१ जेठ २०७८ ।

नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यबाद् दिनुभएको छ ।
अमेरिकाले विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को खोप उपलब्ध गराउने घोषणा गरेपछी कांग्रेस सभापति देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यबाद् दिनुभएको हो ।
अमेरिकाले हिजो कोभ्याक्स सुविधा अन्तर्गत दक्षिण एशियाली तथा दक्षिणपूर्वी एशियाका राष्ट्रहरुलाई कोभिड बिरुद्धको ७० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो ।

कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमा ट्वीट गर्दै अमेरिकी राष्ट्रपति बाइडेनको यो निर्णयले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

Tweet

See new Tweets

Conversation

Sher Bahadur [email protected]

Thank you @POTUS for your decision to provide COVID-19 vaccines to Nepal. I believe this valuable support will further strengthen the long-cherished Nepal-US friendship.

Leave a Reply

Your email address will not be published. Required fields are marked *