पूर्वी काठमाडौं शहरी विकास आयोजनाको समीक्षा कार्यक्रम सम्पन्न

२१ जेठ २०७८ ।

पूर्वी काठमाडौं शहरी विकास आयोजनाको प्रगती समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्वी काठमाडौं शहरी विकास आयोजनाका प्राविधिकहरुसंग छलफल गरिएको थियो ।
कार्यक्रममा आयोजनाको समग्र अवस्थाका सम्बन्धमा प्राविधिकहरुसंग छलफल गरिएको नगर प्रमुख थापाले जानकारी दिनुभयो ।
सो प्रगती समीक्षा कार्यक्रममा नगर प्रमुख थापाका साथै उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञावली, नगर प्रवक्ता राजाराम पुडासैनी लगायत आयोजनाका प्राविधिकहरुको सहभागिता रहेको थियो ।
पूर्वी काठमाडौं शहरी विकास आयोजना सञ्चालनका लागि कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षता र गोकर्णेश्वर नगरपालिका र शंखरपुर नगरपालिकाका प्रमुखहरुको सहभगितामा समिति गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *