पूर्व प्रधानमन्त्री नेपालद्धारा कागेश्वरी मनोहरा न.पा.लाई स्वास्थ्य सामाग्री सहयोग

२२ जेठ २०७८ ।

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले कागेश्वरी मनोहरा नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गर्नुभएको छ
पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता नेपालले कागेश्वरी मनोहरा नगरपालिकालाई KN 95 मास्क २० हजार पिस कागेश्वरी मनोहरा नगरपालिकालाई उपलब्ध गराउनुभएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिनुभयो ।

नगर प्रमुख थापाले KN 95 मास्क २० हजार पिस उपलब्ध गराएकोमा पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता नेपाललाई धन्यवाद दिनुभएको छ ।
यसअघि पनि पूर्व प्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता नेपालले कागेश्वरी मनोहरा नगरपालिकालाई पिपिई, मास्क लगायत विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *