कागेश्वरी मनोहराको प्रशासकीय भवन निर्माणको नगर प्रमुख थापाद्धारा अनुगमन

२३ जेठ २०७८ ।

कागेश्वरी मनोहरा नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य हाल तिब्र रुपमा सञ्चालन भैरहेको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले सो प्रशासकीय भवन निर्माण कार्यलाई छिटो भन्दा छिटो सम्पन्न गर्नका लागि नियमित रुपमा अनुगमन गर्ने गर्नुभएको छ ।

विश्वभर महामारीको रुपमा कोरोना भाइरस (कोभिड १९) बाट मुलुक प्रभावित भैरहेको वर्तमान अवस्थामा पनि नगर प्रमुख थापाको सक्रियतामा कागेश्वरी मनोहरा नगरपालिकामा विकास निर्माणका कार्यहरु तिब्र रुपमा सञ्चालन भैरहेका छन् ।

नगर प्रमुख थापाले आजै कान्ति भैरब माध्यमिक विद्यालयको भवन निर्माण कार्यको पनि अनुगमन गर्नुभएको छ ।

सो अवसरमा नगर प्रमुख थापाले नगरपालिकाको प्रशासकीय भवन र विद्यालयको भवन निर्माण कार्यलाई तोकिएकै समयमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन पनि दिनुभएको थियो ।
आजको अनुगमनमा नगर प्रमुख थापा संगै प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञावली पनि जानुभएको थियो ।