लघुकथा चुरोट

२०७८ जेठ २४ ।

रेणु अधिकारी (मौनता)

ए भाइ एक्छिन पख्नुस त ? पछाडी बाट आएको एक अपरिचीत आवाजले प्रमोद झसङ्ग भयो । फर्कि हेर्दा एकजना बर्दिवाला प्रहरी जवान उसको पछाडी आँउदै थिए । प्रमोदले आफ्नो हातमा रहेको पिउदै गरेको चुरोटलाइ उहि हातभित्र किचीमिची पार्दै आफ्नो पाइलाहरु छ्टो छिटो अगाडी बढायो । प्रहरी जवान पनि उहि गतिमा प्रमोदको पछीपछी आउदै थिए । त्यो देखेर प्रमोद झन् दुर्त गतिमा भाग्न थाल्यो ।

ल,,,, अब आज पुलिस मामाको फेला परिने भैयो । यो बिर अस्पताल को पेटी, सहर बजार क्षेत्र खुलमखुल्ला चुरोट पिउन मनाहि गरेको थाहा हुँदाहुँदै पनि अनि धुम्रपानले मानीसको स्वास्थमा असर पार्छ भन्ने कुरा थाहा पाउँदा पाउँदै पनि प्रमोदलाइ धुम्रपानको लत बाट बाहिर निस्कन गारो भैरहेको थियो ।

चुरोट छाडने प्रयासमा निकैदिन पछि आज बिहान मात्र एउटा चुरोट सल्काएर हिडेको आजै पुलिसले देखिहाले कस्तो बिडम्बना अब त म कहिले चुरोट खान्न प्रमोद मनमनै भन्न थाल्यो ।

पुस महिनाको ठण्डी एकाबिहानै बाटोमा मानीसहरुको चहलपहल शुन्य र पसलहरु पनि बन्द थिए । उ आफ्ना पाइलाहरु दुर्त गतिमा अघि बढाउदै थियो पछाडी बाट प्रहरी जबानले प्रमोदको ज्याकेटमा च्याप्प समाते । प्रमोद निक्कै डरायो, अनि दुइहात जोडेर भन्नलागे सरी सर म बाट गल्ती भयो । अब फेरि एस्तो गल्ती म बाट दोहोरिने छैन । प्रहरी जवानले मुसुक्क हाँसेर भने भाइ मलाइ एउटा चुरोट दिनुस् न ।

अस्तु मौनता

Leave a Reply

Your email address will not be published. Required fields are marked *